बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा « Khabarhub

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा


९ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनल प्रवेश गरेको हो ।

बुधबार राति यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका लागि ओपनर अभिषेक शर्माले सानदार अर्धशतक बनाए । मात्र ३७ बल खेलेका उनले पाँच छक्का र ६ चौकाको मद्दतमा ७५ रन जोडेका हुन् । उसका लागि हार्दिक पाण्डेयले ३८ रन जोड्दा शुभमन गिलले २१ रनको योगदान दिए ।अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् ।
बंगलादेशका रिशाद हुसैनले दुई विकेट हात पार्दा ताजिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सैफुदिनले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमा समेटिएको हो ।

बंगलादेशका साहिद हसनले अर्धशतक बनाए । ५१ बलको सामना गरेका उनले पाँच छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६९ रन बनाए । उसका लागि प्राभेज हुसेनले २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न भारतका सुलदीप यादवले सर्वाधिक तीन विकेट हात पारे भने जसप्रित बुमराह र वरुण चक्रवतीले दुईदुई विकेट लिए । अक्षर पटेल र तिलक बर्माको नाममा एकएक विकेट रहयो ।

एसिया कपको फाइनलमा भारतले बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको फाइल सेप्टेम्बर २८ तारिखमा हुँदैछ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ५ : ४९ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो