ला लिगाः एट्लेटिको म्याड्रिडको जितमा अल्भारेजको ह्याट्रिक « Khabarhub

ला लिगाः एट्लेटिको म्याड्रिडको जितमा अल्भारेजको ह्याट्रिक


९ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ला लिगा अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले रायो भालेकानोलाई ३–२ गोल अन्तरले पराजित भएको छ।

म्याड्रिडको जितमा जुलियन अल्भारेजले ह्याट्रिक गरे। खेलको १५ मिनेटमा पहिलो गोल गरेका उनले ८० र ८८ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। टिमका लागि अल्भारेजबाहेक कुनै खेलाडीले गोल गर्न सकेनन्। उनको ह्याट्रिक नै जितका लागि पर्याप्त भयो।

रायोका लागि खेलमा फर्किने अवसर भए पनि सफल बन्न सकेन। पेप चाभार्रिया र अल्भारो गार्सियाले एकएक गोल गर्दै खेल प्रतिस्पर्धात्मक बनाए। एट्लेटिकोसँग रायो ३-२ ले पराजित भएको हो।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा सोसिएडाडले मायोर्कालाई १-० ले पराजित गरेको छ। सोसिएडाडको जितमा मिकेल ओयार्जाबाले ४९ मिनेटमा निर्णायक गोल गरेका हुन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ६ : ३८ बजे

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय