बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै « Khabarhub

बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै


९ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

गत भदौ २७ गते पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी हुन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : ०२ बजे

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो