महासचिवको प्रस्तावमा माओवादी नेताहरूको आपत्ति, बैठकको सुरूमै विरोधमा उत्रिए « Khabarhub

महासचिवको प्रस्तावमा माओवादी नेताहरूको आपत्ति, बैठकको सुरूमै विरोधमा उत्रिए


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको सातौँ पूर्ण बैठक बिहीबारबाट काठमाडौंमा सुरू हुँदै गर्दा केही नेताले विरोध जनाएका छन् ।

प्रज्ञा भवन कमलादीमा सुरू भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राखेका छन् ।

त्यसअघि बैठकमा पदाधिकारी र समूहका नेताले मात्रै धारणा राख्ने कार्यसूचीबारे महासचिव देव गुरुङले जानकारी गराएपछि केही नेताहरूले आपत्ति जनाएका छन् ।

माओवादी केन्द्रीय सदस्य नेता रञ्जित तामाङ र सुदन किरातीसहितले हरेक सदस्यले आफ्नो धारणा राख्न पाउनुपर्ने मागसहित महासचिव गुरूङको प्रस्तावमा आपत्ति प्रकट गरे ।

तर प्रचण्डले सामूहिक रुपमा कुरा सुन्ने रणनीति बनाएका छन् । विरोध हुन सक्ने अवस्था बुझेपछि उनले समूहका नेता र पदाधिकारीहरूको मात्रै कुरा सुन्ने योजनासहित प्रचण्डले महासचिव गुरुङमार्फत् प्रस्ताव राख्दा विरोधको स्वर उठेको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : ३४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा