भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान « Khabarhub

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारको आह्वान


९ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेको छ । 

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जेन-जी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको जानकारी दिँदै कोषमा योगदान गर्न आह्वान गरेका हुन् ।

सरकारले आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्दै कोषको स्थापना गरेको हो । 

मन्त्री घिसिङले कोषमा निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट योगदान गरी राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन आह्वान गरे । कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा खर्च गरिने उनले बताए ।  

त्यस्तै मन्त्री घिसिङले मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउन अधिकतम प्रयास गरेको र निरन्तर पहिरो खसिरहेकाले समस्या देखिएको बताए । वर्षा नभए राती पनि काम गरेर सडक खुलाउने प्रयास गरिने उनले बताए । 

उनले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएपछि अन्य वैकल्पिक मार्गको सुधार गर्दै आवतजावत सहज बनाउने काम भएको जिकिर गरे ।  

मन्त्री घिसिङले जेन-जी आन्दोलनबाट क्षति भएका क्षतिको मूल्याङ्कन जारी रहेको र पुनर्निर्माणका लागि प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिए । 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  २ : ३२ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय