पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउन निःशुल्क बस सेवा थालियो « Khabarhub

पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउन निःशुल्क बस सेवा थालियो


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउनका लागि निःशुल्क बस सेवा थालिएको छ ।  

जिल्ला प्रहरी कार्यालय चितवनले तुईन खोला नजिकैको पाँच किलो भन्ने स्थानबाट नारायणगढसम्म निःशुल्क घुम्ती बस सञ्चालन गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए । 

तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाद्यान्न र प्राथमिक उपचार उपलब्ध गराउने कार्य गरिरहेको उनले बताए ।  

पहिरो पन्छाउनका लागि नारायणगढतर्फबाट तीन वटा र मुग्लिङतर्फबाट दुई वटा मेशिन परिचालन गरिएको रिजालले जानकारी दिए । मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  २ : ४५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष