नेपाली सेनाद्वारा वीरगञ्जमा वृक्षारोपण « Khabarhub

नेपाली सेनाद्वारा वीरगञ्जमा वृक्षारोपण


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली सेनाको श्रीजङ्ग गणले आज वीरगञ्ज महानगर–१३ वेल्वास्थित भेडाहा खोलाको तटमा वृक्षारोपण गरेको छ । श्रीजङ्ग गणको तालिम इलाका क्षेत्रको चार किलोमिटर नदी तटमा आजदेखि वृक्षारोपण थालनी गरिएको हो । 

श्रीजंग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले भेडाहा खोलाको नदी कटान हुने क्षेत्रलाई लक्षित गरेर बाँसको बिरुवा रोपिएको जानकारी दिए । 

‘श्रीजङग गणको तालिम इलाकाको चार किलोमिटर नदी तटीय क्षेत्रमा १५ मिटरको अन्तरमा करिब ६ सय बाँसको बिरुवा रोप्ने अभियान थालनी गरेका छौँ,’ उनले भने, ‘यो अभियान असोज महिनाभरि नै सञ्चालन गरिनेछ ।’

गणपति  कार्कीले बाँसको बिरुवाले नदीको कटान र धार परिवर्तनलाई रोक्न मद्दत हुने भएकाले वृक्षारोपण अभियान अघि सारेको बताए । 

‘एकातर्फ पर्यावरणको संरक्षण र संवर्द्धन गर्न मद्दत पुग्नेछ’, उनले भने, ‘यसले भूसंरक्षण र नदी कटान लगायतको समस्यालाई रोकथाम गर्ने अपेक्षा गरेका छौँ ।’ रासस

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : १४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा