प्रचण्डकै सामु जनार्दनको निष्कर्ष- माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिएपछि जेन-जी विद्रोह भयो « Khabarhub

प्रचण्डकै सामु जनार्दनको निष्कर्ष- माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिएपछि जेन-जी विद्रोह भयो


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अहिले देखिएको जेन-जी विद्रोह पार्टीले जनयुद्धको बाटो भुलेकाले हुन पुगेको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी सातौँ केन्द्रीय समिति बैठकमा प्रस्ताव पेश गर्दै उपमहासचिव शर्माले नेकपा एमाले र नेपाली कांग्रेस पहिले नै बिग्रिसकेको अवस्थामा माओवादीले पनि त्यही बाटो समात्दा विद्रोहको अवस्था आएको बताएका हुन् ।

‘अहिलेको विद्रोहको कारणका रुपमा माओवादी मुख्य हो । कांग्रेस र एमाले पहिला नै भ्रष्टचारी भयो भनेर जनयुद्ध थालेका थियौँ’, उनले भने, ‘हामीले त्यति ठूलो बलिदा गर्‍यौँ तर माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिने बाटो लागेको देखेर जनता निराश भए । त्यही निराशा बढेर आक्रोशमा परिणत हुँदा जेन-जी विद्रोह भयो ।’

बैठकमा प्रस्ताव पेश गर्दै जनार्दनले पार्टी पदाधिकारी सबैले राजीनाममा दिनुपर्ने बताए । उनले राजीनामापछि प्रचण्ड नेतृत्वमा निर्देशक समिति यही केन्द्रीय समिति बैठकबाट बनाउने ग्यारेन्टी पनि मागेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : १४ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल