नारायणकाजी र जनार्दनले अस्वीकार गरे प्रचण्डको प्रस्ताव « Khabarhub

नारायणकाजी र जनार्दनले अस्वीकार गरे प्रचण्डको प्रस्ताव


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमलले वर्तमान कन्द्रीय समिति भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने गरि राखेको प्रस्तावालई दुई नेताले अस्वीकार गरिदिएका छन् ।

काठमाडौंको कमलादीमा बिहीबार सुरू सातौँ केन्द्रीय समितिमा बैठकमा अध्यक्ष दाहालले राखेको प्रस्तावलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अस्वीकार गरिदिएका हुन् ।

बिहीबार सुरू बैठकमा यी तीनै नेताले प्रस्ताव पेश गरेका छन् । प्रचण्डले राजनीतिक एवम् संगठनात्मक प्रस्ताव राख्दै अहिलेको केन्द्रीय समिति विघटन गरेर विशेष महाधिवेशनमा जान आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखेका छन् ।

त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी माओवादी नेताहरूले बताएका छन् ।

तर उनको यो प्रस्तावमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले असहमति जनाएका छन् । उनले पहिले कार्यकारी पद छाड्नुपर्ने अडान आफ्नो प्रस्तावमा राखेका छन् । ‘पहिले कार्यकारी पद छाड्नू’, उनले प्रस्तावमा भनेका छन्, ‘फागुन २१ गतेको मध्यावधि निर्वाचनपछि पार्टीको अधिवेशन गरौँ ।’

उनले मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको पनि बताएका छन् । ‘यही मंसिरमा विशेष महाधिवेशन सम्भव छैन, मध्यावधि निर्वाचनपछि महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनु पर्छ ।’

उता उपमहासचिव प्रभाकरले अहिले देखिएको जेन-जी विद्रोह पार्टीले जनयुद्धको बाटो भुलेको परिणाम भएको बताएका छन् । उनले सबै पदाधिकारीले राजीनामा दिएर प्रचण्डकै नेतृत्वमा निर्देशक समिति बनाउनुपर्ने अडान राखेका छन् ।

‘सबै पदाधिकारीले राजीनामा गरौँ’, उनले आफ्नो प्रस्तावमा भनेका छन्, ‘प्रचण्ड नेतृत्वमा निर्देशक समिति यही बैठकबाट बनाऊँ वा त्यसको ग्यारेण्टी गरौँ ।’

उपमहासचिव शर्माले आगामी महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणको ग्यारेन्टी गरिनुपर्ने अडान पनि आफ्नो प्रस्तावमार्फत् लिएका छन् ।

उनले अहिलेको जेन-जी पुस्ताको विद्रोह माओवादीले जनयुद्धको बलिदान भुलेर बाटो बिराएको परिणाम भनेका छन् ।

‘अहिलेको विद्रोहको कारणका रुपमा माओवादी मुख्य हो । कांग्रेस र एमाले पहिला नै भ्रष्टचारी भयो भनेर जनयुद्ध थालेका थियौँ’, उनले भने, ‘हामीले त्यति ठूलो बलिदा गर्‍यौँ तर माओवादी पनि कांग्रेस-एमाले जस्तै बिग्रिने बाटो लागेको देखेर जनता निराश भए । त्यही निराशा बढेर आक्रोशमा परिणत हुँदा जेन-जी विद्रोह भयो ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : ४४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष