प्रचण्डले जेन-जी विद्रोहको दोष ओली नेतृत्वको सरकारलाई थोपरे « Khabarhub

प्रचण्डले जेन-जी विद्रोहको दोष ओली नेतृत्वको सरकारलाई थोपरे


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको विद्रोह तत्कालीन सरकारका कारण भएको निष्कर्ष सुनाएका छन् ।

बिहीबारदेखि सुरू केन्द्रीय समितिको बैठकमा राजनितिक एवम् संगठनात्मक प्रस्ताव पेश गर्दै प्रचण्डले जेन-जी पुस्ताको विद्रोह तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको असफलताको परिणा भएको बताएका हुन् ।

‘जेन-जी विद्रोह मुख्य जिम्मेवार तत्कालीन सरकार हो’, उनले बैठकमा भने, ‘जनताको आक्रोशलाई सम्बोधन गर्ने भन्दा सरकार भ्रष्टाचार र बदमासीमा लिप्त भएकै परिणाम यो विद्रोह भएको हो ।’

प्रचण्डले यतिबेला देश इतिहासकै गम्भीर संटमा परेको पनि बताएका छन्। उनले यस्तो अवस्थामा आफू जिम्मेवारीबाट भाग्न नसक्ने पनि बताएका छन्।

जेन-जी आन्दोलन र उत्पन्न भएको अवस्थाबारे पार्टीको धारणा बनाउन सुरू भएको बैठकलाई सम्बोधन गर्दै उनले जिम्मेवारीबाट नभाग्ने भने पनि अध्यक्ष पदमा टाँस्सिरहन नचाहेको बताएका छन् ।

तर उता उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अहिले देखिएको जेन-जी विद्रोह पार्टीले जनयुद्धको बाटो भुलेको परिणाम भएको बताएका छन् । उनले सबै पदाधिकारीले राजीनामा दिएर प्रचण्डकै नेतृत्वमा निर्देशक समिति बनाउनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : ५८ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा