जेन-जीका नाममा सर्वस्व जलाइएपछि पूर्णबहादुरको गुनासो : काठमाडौंमा मेरो घर र जग्गा छैन भन्दा कोही पत्याउँदैन « Khabarhub

जेन-जीका नाममा सर्वस्व जलाइएपछि पूर्णबहादुरको गुनासो : काठमाडौंमा मेरो घर र जग्गा छैन भन्दा कोही पत्याउँदैन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीबाट आफ्नो परिवारको सबै पुर्ख्यौली सम्पत्ति ध्वस्त भएको गुनासो गरेका छन्।

आन्दोलनको क्रममा आगजनीले आफ्ना परिवारले पुस्तौँदेखि जोगाएर राखेको घरसमेत जलाइएपछि उनले भावुक भएर प्रतिक्रिया दिएका छन्। ‘कांग्रेस पार्टीको राजनीतिमा रहँदा मैले कुनै गलत काम गरेको छैन। तर पनि मेरो परिवारको सबथोक जलाइयो,’ उनले भने।

खड्काले काठमाडौंमा आफ्नो नाममा घर वा जग्गा नभएको स्पष्ट पार्दै भने, ‘म मेरी बुहारी सञ्जु डाक्टरको र मेरो भाइ डम्बर खड्काको ससुरालीले बनाइदिएको घरमा बसेको थिएँ। त्यो घर पनि जलाइयो। डा. सञ्जुको सपनाको मन्दिर थियो, त्यो पनि जलाइदिए।’

उनले आमाले ४० वर्षअघि बनाइदिएको पुरानो घरलाई संग्रहालयझैँ जोगाएर राखेको तर त्यसलाई पनि आगो लगाइदिएको दुखेसो पोखे। ‘बुबा–आमाका लुगा कपडादेखि शयनकक्षसम्म जोगाएर राखेका थियौँ। चीरकालका लागि राख्न चाहेको घरलाई पनि जलाइयो,’ उनले भने।

गाडीसम्बन्धी प्रसंग उल्लेख गर्दै खड्काले थपे, ‘मैले सुविधाको गाडी लिएको थिएँ तर बेचिदिएँ। अहिले भाइ विष्णु खड्काले पठाइदिएको गाडीमा चल्छु। एक समय म ट्याक्सीमै हिँड्थे।’

उनले देशलाई गलत ‘न्यारेटिभ’ मा धकेलिएको बताउँदै भने, ‘हामीले सत्य कुरा बुझाउनै सकेनछौँ। पूर्णबहादुर खड्काको काठमाडौंमा घर छैन, जग्गा छैन भन्दा कोही पत्याउँदैन।’

खड्काले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाले आफू मात्र नभई थुप्रै निर्दोष परिवार पीडित भएको भन्दै गम्भीर छानबिन र क्षतिपूर्ति दिलाउन माग गरेका छन्।

‘आफ्नो जन्मभूमि, ५२ वर्षको राजनीतिक थलो र तपाईंहरुको बीचमा उपस्थिति भएको छु। यस्तो अवस्थामा उपस्थिति भएको छु जतिबेला नेपाल राज्यको वा नेपाल देशको इतिहासमा नेपाल राज्यका सबै संरचनाहरुमाथि गरिएको अमानवीय र बर्बरपूर्ण आक्रमण भएको छ’, उनले भने, ‘यो नेपालमा पहिलो पटक भएको हो। नेपाल देश जहिलेदेखि थियो। आजसम्म सिंगो राज्य संरचनामाथि यसरी कहिल्यैपनि आक्रमण भएको थिइनँ ।’

खड्काले जेनजी आन्दोनमा भौतिक संरचना जलाउने र आगजनी गरिएका घटनाको निन्दा गरे। ‘जेनजी पुस्ताका भाइबहिनीहरूले देशमा यो अवस्था ल्याउन पक्कै आन्दोलन गर्नुभएको थिएन’, उनले भने, ‘जहाँसम्म ती भाइबहिनीका नाममा ठूलो षडन्त्रकारीको बर्बरातूर्ण हिंसात्मक परिस्थिति ल्याइएको छ।’

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ४ : ०९ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)