माओवादीले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने « Khabarhub

माओवादीले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वको बहसलाई तार्किक निष्कर्षमा पुराउने बताएका छन् ।  

बिहीबारबाट काठमाडौंमा सुरु माओवादी केन्द्रीय समिति बैठकमा राजनीतिक एंव संगठनात्मक प्रस्ताव प्रस्तुत गर्दै प्रचण्डले आफूलाई अध्यक्ष पदमा बसिरहने इच्छा नरहेको तर वैज्ञानिक प्रणाली अन्तर्गत नेतृत्वको विषयलाई तार्किक निष्कर्षमा पुराउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

त्यसैगरि पार्टी एकता र ध्रुवीकरणका विषयमा बिचार मिल्नेसँग पार्टी एकता गर्ने र समाजवादी मोर्चालाई पार्टी एकतामा रूपान्तरण गर्नका लागि सघन छलफल भइरहेको प्रचण्डले बताएका थिए  । 

घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि प्रभावकारी भूमिका खेल्ने र विशेष महाधिवेशनका साथै निर्वाचनमा टिकट वितरण गर्दा युवाहरूको प्रतिनिधित्व अधिकतम सहभागिता गराउने विषयमा प्रचण्डले जोड दिएको प्रवक्ता सापकोटाले बताए । 

त्यस्तै प्रचण्डले हालको केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने र त्यसको संयोजक आफै हुने प्रस्ताव राखेको पनि उनले बताए । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले केही विषयमा फरक बिचार राखेको प्रवक्ता सापकोटाले जानकारी दिए ।  

प्रचण्डको प्रतिवेदनमाथि समूहगत रूपमा छलफल भइरहेको र शुक्रबार समूहगत निष्कर्ष प्रस्तुत गरिने सापकोटाले बताए  ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ४ : ०८ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका