वैतेश्वरमा चट्याङ र हावाहुरी : ८ सय रुख ढले, विद्युत् अवरुद्ध  « Khabarhub

वैतेश्वरमा चट्याङ र हावाहुरी : ८ सय रुख ढले, विद्युत् अवरुद्ध 


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दोलखा -जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-६ र ७ मा बुधबार दिउँसो अविरल वर्षासँगै चलेको हावाहुरी र चट्याङका कारण करिब ८ सय रुख ढलेको पाइएको छ।

बुधबार दिउँसो भएको क्षतिको बिहीबार बिहान डिभिजन वन कार्यालय दोलखाका कार्यालय प्रमुख वन अधिकृत कृष्ण राज न्यौपाने, वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, वडा अध्यक्ष भुवन घिमिरे, इलाका प्रहरी कार्यालय मैनापोखरी, सामुदायिक वन उपभोक्ता महासंघ दोलखा र हावाहुरीबाट क्षति भएको विशेष सामुदायिक वनका अध्यक्ष दीपक तामाङको रोहवरमा स्थलगत अनुगमन गर्दा वडा नम्बर-६ र ७ करिब ८ सय रुख ढलेको अनुमान गरिएको छ ।

बुधबार दिउँसो ३ बजे एक्कासि मेघगर्जन सहित तीव्र हावाहुरी र अनियन्त्रित पानी परेको थियो ।

वर्षा र चट्याङसँगै चलेको उक्त हावाहुरीले वैतेश्वर गाउँपालिका-६ र ७ को भोर्लेको खोला, झोलुंगे सामुदायिक वन, चलेत्रोपाखा सामुदायिक वन, त्रीवेनी ठुलो शिवालय सामुदायिक वन को चार किल्ला क्षेत्र भित्र पर्ने विशेष सामुदायिक वनका करिब ८ सय वटा रुख ढलेको वन अधिकृत दीपक रिमालले जानकारी दिए ।

उनका अनुसार क्षतिको विवरण संकलन गर्ने कार्य चलिरहेको हुँदा अनुमानित करिब वडा नम्बर-६ र ७ ८ सय रुख ढलेका छन् । उक्त हावाहुरी तथा चट्याङ र वर्षाले वैतेश्वरको आधा क्षेत्रमा बुधबारदेखि नै बिजुली अवरुद्ध बनेको छ ।

वडा नम्बर-६ को सव स्टेसन हुँदै वडा नम्बर-७ र ८ लगिएको मेनलाइनमा रुख ढल्दा तार चुडिएको र केहि पोलहरु पनि ढलेपछी वडा नम्बर-७ र ८ गौरीशंकरको १/२ तथा वैतेश्वर गाउँपालिका-३ यार्सा,वडा नम्बर-४ को मैनापोखरी गोलाई, खरिखानी, फाप्लु लगायतका बस्तीमा विद्युत् अवरुद्ध बनेको नाम्दु सव स्टेशनका प्रमुख गणेश तामाङले जानकारी दिए । 

अवरुद्ध विद्युत्  सुचारु गर्ने काम भइरहेको उनले जानकारी दिए । हावाहुरी र वर्षा तथा चट्याङले विशेष सामुदायिक वनमा करिब १५ लाख बराबरको क्षति गरेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ४ : १५ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष