पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै « Khabarhub

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पेरिस– पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७ को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपसम्बन्धी फैसला सुनाउँदै छ ।

यदि दोषी ठहर भएमा ७० वर्षीय सार्कोजी अवैध विदेशी कोष स्वीकार गरी पद जित्ने पहिलो पूर्वराष्ट्रपति हुनेछन् । उनले यस वर्षको सुरुआतमा तीन महिनासम्म चलेको सुनुवाइमा तीन पूर्वमन्त्रीसहितका ११ सह–प्रतिवादीहरूसँगै सबै आरोप अस्वीकार गरेका थिए ।

धेरै कानूनी घोटालाले आफ्नो राजनीतिक विरासतलाई धुमिल बनाए पनि सार्कोजी गायक–मोडेल कार्ला ब्रुनीसँगको विवाहका कारण फ्रान्सको दक्षिणपन्थी राजनीति र मनोरञ्जन सर्कलमा अझै प्रभावशाली हुन् । दोषी ठहर भए पनि उनले अपिल गर्न सक्ने छन्, जसले सजाय कार्यान्वयनलाई स्थगित गर्नेछ। अभियोजनकर्ताले सात वर्षसम्मको जेल सजाय माग गरेका छन् ।

लिबियाली पैसाको दाबी 

लिबियाली सञ्चारमाध्यम र गद्दाफी आफैँले सार्कोजीको अभियानमा करोडौँ युरो गोप्य रूपमा खर्च गरेको दाबी गरेपछि यी आरोपको जरा सन् २०११ मा देखियो । 

सन् २०१२ मा अनुसन्धानात्मक मिडियापार्टले पाँच करोड युरो कोष सम्झौतासम्बन्धी लिबियाली गुप्तचर मेमो प्रकाशित गर्‍यो । सार्कोजीले कागजातलाई नक्कली भन्दै मानहानि मुद्दा दायर गरेको तर फ्रान्सेली मजिस्ट्रेटहरूले यसलाई प्रामाणिक देखिने बताएका थिए ।

अनुसन्धानमा सन् २००५ देखि सन् २००७ को बीचमा सार्कोजी गृहमन्त्री हुँदा उनका सहायकहरूसँग लिबियाली प्रतिनिधिहरूको भेटघाटलाई पनि जोडिएको थियो । 

सन् २०१६ मा व्यापारी जियाद ताकिडाइनले त्रिपोलीबाट नगदले भरिएका सुटकेसहरू फ्रान्स ल्याएको बताएका थिए, तर पछि बयान फिर्ता लिए । यही घटनाले साक्षी छेडछाडसम्बन्धी छुट्टै अनुसन्धानलाई जन्म दियो । ताकिडाइनको मङ्गलबार बेरुतमा ७५ वर्षको उमेरमा निधन भएको छ ।

मुद्दामा आरोप र प्रतिशोधको दाबी

सार्कोजीलाई निष्क्रिय भ्रष्टाचार, अवैध अभियान वित्तपोषण, सार्वजनिक कोष दुरुपयोग लुकाउने र आपराधिक सङ्गठनसम्बन्धी आरोपमा मुद्दा चलाइएको हो । अभियोजनकर्ताले उनलाई गद्दाफी शासनसँगको ‘भ्रष्टाचार सम्झौता’ बाट फाइदा लिएको आरोप लगाएका छन् ।

गद्दाफीलाई सन् २०११ को विद्रोहमा अपदस्थ गरी मारिएको थियो । सार्कोजी त्यतिबेला लिबियामाथि सैन्य हस्तक्षेप गर्न दबाब दिने पहिलो पश्चिमी नेतामा पर्थे । उनले यी सबै आरोपलाई ‘गद्दाफी कुल र झुट बोल्नेहरूद्वारा मञ्चित षड्यन्त्र’ भन्दै खारेज गरेका छन् । उनका अनुसार गद्दाफीलाई हटाउन पहल गरेको प्रतिशोधस्वरूप आफूमाथि मुद्दा लगाइएको हो ।

 अन्य कानूनी धक्कापछि 

जुनमा अर्कै मुद्दामा दोषी ठहर भएपछि फ्रान्सको सर्वोच्च सम्मान ‘लिजन अफ अनर’ सार्कोजीबाट खोसिएको थियो । 

यसअघि सन् २०१४ मा उनले घुस दिने प्रयास गरेको अभियोगमा दोषी ठहर भई एक वर्षको निगरानी सजाय पाएका थिए । 

गत वर्ष भने असफल सन् २०१२ को पुनः निर्वाचन अभियानमा खर्च सीमा नाघेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । यसको आधा भाग निलम्बन गरिएको छ । उनले त्यो फैसलामाथि पनि सर्वोच्च अदालतमा अपिल गरेका छन् । रासस

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ५ : १८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर