कार्यदलले बुझायो पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउने ३७ वटा सुझाव « Khabarhub

कार्यदलले बुझायो पुँजीबजारमा लगानीकर्ताको मनोबल बढाउने ३७ वटा सुझाव


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा आम लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार सम्बन्धी अध्ययन गर्न गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । 

मन्त्री खनालले पाँच दिनभित्र ठोस सुझाव र कार्ययोजना पेश गर्नुपर्ने गरी नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रूपेश केसीको नेतृत्वमा असोज ३ गते गठन गरेको कार्यदलले बिहीबार ३७ वटा सुझाव सहित आफ्नो प्रतिवेदन बुझाएको हो ।

कार्यदलले १५ वटा तत्काल सुधार गर्नुपर्ने, १५ मध्यकालमा गर्नुपर्ने सुधार र ७ वटा दीर्घकालमा गर्नुपर्ने सुधारको लागि सुझाव दिएको छ । 

कार्यदलले एकल ग्राहक सीमा २५ करोडलाई हटाउने, शेयर तथा ऋणपत्रमा एक वर्षभन्दा बढी अवधिको लागि मात्रै लगानी गर्न पाउने व्यवस्था खारेज, लगानीकर्ताले दुई वा सो भन्दा बढी हितग्राही खाता खोल्न सक्ने व्यवस्था गर्ने लगायत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिएको छ ।

मध्यकालमा गर्नुपर्ने सुधारमा कार्यदलले नेप्सेको पुनर्संरचना गर्न आईपीओ जारी गर्ने, एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउने, गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा लगानी गरी नाफा लैजान सक्ने व्यवस्था गर्ने लगायतका सुझाव दिएको छ । 

त्यस्तै, कार्यदलले नेप्सेको दीर्घकालीन सुधार गर्न धितोपत्र बजार सञ्चलन र नियमनको लागि छुट्टाछुट्टै ऐन, नेप्सेमा रणनीतिक साझेदार, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको कारोबार प्रणाली हुनुपर्ने सुझाव दिएको छ ।

कार्यदलले नेप्सेमा विभिन्न ८ वटा नीतिगत समस्या, १० वटा संस्थागत समस्या, ३ वटा प्रणालीगत समस्या, ५ वटा बजागरगत समस्या र अन्य कारणहरू रहेको औँल्याएको छ । लगानीकर्ता र सरोकारवालाबाट दर्जनौँ सुझाव लिएर सो प्रतिवेदन तयार गरेको कार्यदलले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ५ : ५३ बजे

नवीकरण नहुँदा दुई हजार एम्बुलेन्स थन्किए

चितवन– नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन्

डा. लाल प्याथल्याब्सद्वारा विराटनगर प्रयोगशालाको औपचारिक शुभारम्भ

विराटनगर- डा. लाल प्याथल्याब्स नेपालले विराटनगरमा आफ्नो प्रयोगशालाको औपचारिक शुभारम्भ

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा