काठमाडौं महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान « Khabarhub

काठमाडौं महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ । नाम्खा गाउँपालिका–५ स्थित मुचु स्वास्थ्य चौकीलाई काठमाडौँ महानगरपालिकाले बिहीबार सो एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
 
 विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले मङ्गलबारदेखि सुरु गरेको थियो । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले प्रदान गरेको एम्बुलेन्स बुझ्नु भएको हो । महानरगरले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिकाका मात्रै नभएर अन्य स्थानीय तहका बिरामीहरूलाई सहयोग पुग्ने उपाध्यक्ष लामाले बताए। 

काठमाडौँ महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिकाले धन्यवादसमेत दिएको छ ।

पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ । 
 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ३० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा