जेन-जी आन्दोलनका दोषीलाई सख्त कारबाही हुन्छ : प्रधानमन्त्री « Khabarhub

जेन-जी आन्दोलनका दोषीलाई सख्त कारबाही हुन्छ : प्रधानमन्त्री


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका क्रममा भएका हताहती र विध्वंशमा संलग्न दोषीलाई सख्त कानुनी कारबाही गरिने बताएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘आन्दोलनको क्रममा जेन–जी विद्यार्थी तथा युवा युवतीहरूले अनाहकमा ज्यान गुमाउनुपरेकोमा यो सरकार सम्बद्ध दोषीउपर सख्त कानुनी कारबाही गर्ने प्रतिवद्धता गर्दछ’, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले अहिलेको जटिल परिस्थितिमा मुलुकलाई निकास दिन आगामी फागुन २१ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामाग्री, सुरक्षा र कानूनी व्यवस्था लगायतबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरी निर्वाचनको तयारी सुरू गरिसकिएको बताइन् ।

१६ वर्ष उमेर पुगे नागरिकता लिइसकेका जेन–जी युवा पुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अध्यावधिक गर्नेगरी विद्यामान निर्वाचन कानूनलाई अध्यादेशको माध्यमबाट संशोधन गरिएको उनले बताइन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : ४२ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल