तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो « Khabarhub

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको छ ।  

पहिरो पन्छाउन नारायणगढ तर्फबाट एक्साभेटर-१, लोडर-१ र मुग्लिन तर्फबाट २ वटा  लोडर, १ वटा  एक्साभेटर उपकरणहरू प्रयोग गरि निरन्तर रुपमा काम भइरहेको प्रहरीले जनाएको छ । साथै दुवैतर्फ १-१ वटा ब्याकप लोडर तैनाथ अवस्थामा रहेका छन् । 

एक प्रहरीले भने, ‘पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठाला ढुङ्गाहरूको कारण केही कठिनाइ भएतापनि हामीसँग भएका उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन् । पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको छ ।’ 

उनका अनुसार अहिले पहिरो रोकिएकाले आज रातभरि नै पहिरो पन्छाउने काम जारी रहने छ । निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवतः आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : १३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर