तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो « Khabarhub

तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइयो


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको ६० प्रतिशत पहिरो पन्छ्याइएको छ ।  

पहिरो पन्छाउन नारायणगढ तर्फबाट एक्साभेटर-१, लोडर-१ र मुग्लिन तर्फबाट २ वटा  लोडर, १ वटा  एक्साभेटर उपकरणहरू प्रयोग गरि निरन्तर रुपमा काम भइरहेको प्रहरीले जनाएको छ । साथै दुवैतर्फ १-१ वटा ब्याकप लोडर तैनाथ अवस्थामा रहेका छन् । 

एक प्रहरीले भने, ‘पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठाला ढुङ्गाहरूको कारण केही कठिनाइ भएतापनि हामीसँग भएका उपकरणहरूले पूर्ण क्षमताका साथ काम गरिरहेका छन् । पहिरो सफा गर्ने कार्य हालसम्म करिब ६० प्रतिशत सम्पन्न भएको छ ।’ 

उनका अनुसार अहिले पहिरो रोकिएकाले आज रातभरि नै पहिरो पन्छाउने काम जारी रहने छ । निरन्तर रुपमा कार्य गर्न सकिएको खण्डमा सम्भवतः आज रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने आँकलन गरिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : १३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी