राजस्व अनुसन्धानसहित तीन निकाय प्रधानमन्त्री कार्यालयबाट अर्थ र गृहमा फिर्ता « Khabarhub

राजस्व अनुसन्धानसहित तीन निकाय प्रधानमन्त्री कार्यालयबाट अर्थ र गृहमा फिर्ता


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ सालमा आफूमातहत लगेका अनुसन्धान गर्ने तीनवटा विभाग बिहीबार सम्बन्धित मन्त्रालयकै मातहतमा फर्किएका छन् ।

बिहीबार बसेको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयमातहतका ती तीन विभागमध्ये दुईलाई अर्थ र एकलाई गृहमन्त्रालयमा फर्काउने निर्णय गरेको हो ।

प्रधानमन्त्री मातहत लाँदा अनुसन्धान प्रभावकारी भएर प्रभावकारी परिणाम आउने भनिए पनि उल्टै दुरुपयोग भएको बताइएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रका सम्मेलनमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागलाई अर्थ मन्त्रालयमा फर्काइएको बताए ।

त्यसैगरि नेपालको एक मात्रै जासुसी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई पनि मन्त्रिपरिषद्ले गृहमन्त्रालय मातहतमा फर्काएको जानकारी खरेलले दिए।

राजस्व अनुसन्धान विभागलाई अर्थबाट तानेर प्रधानमन्त्री कार्यालयमा लाँदा राजस्व र अनुसन्धान बुझेकाभन्दा प्रशासनका कर्मचारीको हालिमुहाली थियो ।

शक्तिशाली अनुसन्धान निकाय प्रधानमन्त्री कार्यालयमा लगिँदा राजनीतिक रुपमा दुरुपयोग हुन सक्ने चिन्ता थियो । राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा लगेपछि यसको प्रभावकारिता बढ्नुको साटो झन् घटेको कुरा यस पटकको जेन-जी आन्दोलनबारे सरकारी सूचना संयन्त्रको विफलताले पुष्टि गरिसकेको छ।

यो विभागलाई ओलीले २०७५ सालमा गृहबाट प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए । यी शक्तिशाली अनुसन्धान निकायलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर विरोधी तह लगाउने वा आफ्नो नियन्त्रणमा राख्ने काम भएको थियो । तर विरोध गर्ने नेता तथा पार्टी सरकारले नउल्ट्याएको ओलीको निर्णयलाई अन्तरिम सरकारले उल्ट्याइदिएको छ।

सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग पहिले नै प्रधानमन्त्री कार्यालय मातहत थियो । तर यसलाई पनि अब अर्थमा फर्काइएको छ। राजस्व अनुसन्धानमा तत्कालीन अवस्थामा राजस्व समूहकै कर्मचारी महानिर्देशक हुँदा राम्रो नतिजा आएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : ३९ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि