भारतद्वारा स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर « Khabarhub

भारतद्वारा स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले बिहीबार स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका लागि सात अर्ब डलरको अर्डरमा हस्ताक्षर गरेको छ।

विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्तामध्ये एक राष्ट्र भारतले आफ्नो सेनाको आधुनिकीकरणलाई उच्च प्राथमिकता दिएको छ र घरेलु उत्पादनलाई बढावा दिन बारम्बार प्रयास गरिरहेको छ।

तेजस लडाकुहरूको लागि गरिएको माग एक पटकमा भारतले गरेको लडाकू विमान (जेट) हरूको सङ्ख्याको हिसाबले सबैभन्दा ठूलो हो।

पहिलो भारतीय जेट तेजस (प्रतिभा) सन् २०१६ मा वायु सेनामा प्रयोगमा ल्याइएको थियो भने लडाकुको उन्नत संस्करण, एमके–१ ए को लागि पछिल्लो माग भएको हो ।  

भारतको रक्षा मन्त्रालयले हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) सँग ९८ लडाकु र २९ ट्विन सिटरसहित ९७ लाइट कम्ब्याट एयरक्राफ्ट ९एलसीए० एमके १ए खरिद गर्न सम्झौता गरेको जनाएको छ ।

एचएएल एक सरकारी रक्षा कम्पनी हो र यसमा १०० भन्दा बढी भारतीय कम्पनीहरू निर्माण प्रक्रियामा संलग्न छन् । विमानमा ‘६४ प्रतिशतभन्दा बढी स्वदेशी सामग्री’ प्रयोग गरिएको जनाइएको छ। 

मन्त्रालयले भनेको छ, ‘यी विमानहरूको आपूर्ति सन् २०२७-०२८ सम्ममा  सुरू हुनेछ र छ वर्षको अवधिमा पूरा हुनेछ।’

नयाँ दिल्लीले विशेष गरी छिमेकी पाकिस्तानलगायत विभिन्न मुलुकबाट खतराको सामना गरिरहेको छ। भारतले मे महिनामा चार दिने द्वन्द्व लडेको थियो, जुन सन् १९९९ पछि सबैभन्दा खराब भिडन्त थियो।

दुवै पक्षले एकअर्काको लडाकु विमानलाई खसालेको दाबी गर्दै विजयको दाबी गरेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : ४८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष