मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

दैलेख – कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकलले कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना हुन गई मोटरसाइकलको पछाडि सवार कालिकोट खाडाचक्र नगरपालिका–११ का १८ वर्षका एडमन शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओभरट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार शाही ट्रकमा ठोक्किएर सडकमा बजारिएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का मोटरसाइकल चालक २३ वर्षीय बिपीन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टम कर्णाली प्रदेश अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ९ : ११ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका