थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न « Khabarhub

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

विज्ञप्तिमा अनुसार मुमा महारानी सिरिकितको केही समयदेखि रक्त सङ्क्रमणका कारण अस्पतालमा उपचार भइरहेका थियो । मेडिकल टोलीको निरन्तर प्रयासका बाबजुद उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र अन्ततः अक्टोबर २४, २०२५ को राति ९ः२१ बजे बैङ्ककस्थित थाई रेड क्रस सोसाइटी अन्तर्गतको चुलालोङ्गकोर्न अस्पतालमा शान्तिपूर्वक देहावसान भएको उल्लेख गरिएको छ ।

मुमा महारानी आमा सिरिकित कितियाकारा सन् १९३२ अगस्ट १२ मा जन्मिएकी हुन् । उनको जन्मदिन थाइल्यान्डमा मातृ दिवसका रूपमा राष्ट्रिय बिदाका साथ मनाइन्छ । केवल १८ वर्षको उमेरमा उनले तत्कालीन राजा भूमिबोल अदुल्यादेजसँग विवाह गरेकी थिइन् । राजा भूमिबोल चकरी वंशका नवौँ सम्राट (राम नवौँ) थिए र उनको शासनकाल विश्वकै सबैभन्दा दीर्घकालीन राजामध्ये एक रह्यो ।

महारानी आमा सिरिकित पनि त्यसैगरी विश्वकी सबैभन्दा लामो समयसम्म सेवा गर्ने महारानीका रूपमा सम्मानित रहेकी थिइन् । राजा भूमिबोलको सन् २०१६ मा निधन भएपछि उनका पुत्र महा भाजिरालोङ्कोर्नले सिंहासन सम्हालेका थिए ।

मुमा महारानी सिरिकित सन् २०१२ मा आएको स्ट्रोकपछि स्वास्थ्य समस्याका कारण सार्वजनिक रूपमा विरलै देखा परेकी थिइन् । उनले जीवनकालभर थाइल्यान्डका सामाजिक, सांस्कृतिक र मानवीय विकासका क्षेत्रमा उल्लेखनीय योगदान दिएकी थिइन् ।

विशेष गरी दक्षिणी थाइल्यान्डमा बौद्ध समुदाय र विभिन्न संस्थाहरूप्रति सहयोग पुर्‍याउँदै थाई हस्तशिल्प र ग्रामीण महिलाहरूको आर्थिक सशक्तीकरणका लागि ‘सपोर्ट फाउन्डेसन’ स्थापना गरी उनीहरूलाई उत्पादन र बजार पहुँचमा सशक्त बनाउन सहयोग गरेकी थिइन् । मुमा महारानी सिरिकितले आफ्ना स्वर्गीय पतिले प्रारम्भ गर्नुभएको सयौँ विकास परियोजनाहरूको नियमित निरीक्षण गर्थिन् ।

उनको भव्यता, आकर्षक व्यक्तित्व र उत्कृष्ट फेसन–बोधका कारण उनी १९६० को दशकमा अन्तर्राष्ट्रिय ‘बेस्ट–ड्रेस्ड’ सूचीमा चार पटकसम्म चयन भएकी थिइन्, जसलाई न्युयोर्क टाइम्स ले ‘विश्वकी सबैभन्दा स्टाइलिश व्यक्तित्वहरू मध्ये एक’ भनेर चित्रण गरेको थियो ।

थाइल्यान्ड संवैधानिक राजतन्त्र भएकोले मुमा महारानीसँग प्रत्यक्ष राजनीतिक शक्ति नभए पनि उनको उपस्थितिले देशको सामाजिक र सांस्कृतिक जीवनमा गहिरो प्रभाव पारेको व्यापक रूपमा स्वीकार गरिन्छ । मुमा महारानी आमा सिरिकितका एक छोरा — राजा महा भाजिरालोङ्कोर्न, तीन छोरीहरू — राजकुमारी ऊबोलरताना, राजकुमारी महा चक्री सिरिन्धोर्न र राजकुमारी चुलाभोर्नका साथै एक बहिनी — बुस्बा कितियाकारा सथानपोङ छन् । थाइल्यान्ड दरबारले मुमा महारानीको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रव्यापी श्रद्धाञ्जली कार्यक्रमको तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १ : ४२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग