आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ९ गते मंगलबार। मंसिर शुक्ल पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २५ तारिख। विवाह पञ्चमी । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

वृष : मनमा प्रतिशोधका भाव आउने जोखिम छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । हिँड्दा अवरोध हुनसक्ने जोखिम छ । सोचेका काममा अवरोध हुनेछ । बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शुभकार्यका लागि मन अगाडि बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ । जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ । परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । तपाईंले गरेका प्रयास सफल हुने दिन छ । परिवारलाई ठुलो विश्वास गरेमा धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

कन्या : तपाईंले सोचेका काम सहज बन्नेछन् । रोगबाट मुक्त हुने दिन छ । परिवारले राम्रो साथ दिनेछ । फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ । विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ ।

तुला : दिन सामान्य छ । आम्दानीका दृष्टिले प्रगति हुनेछ । राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : बोल्दा सचेत बन्नुपर्नेछ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । औषधी नियमित नहुँदा रोगको जोखिम बढ्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ । परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ ।

धनु : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ । राज्यको तर्फबाट सहयोग मिल्नेछ । सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ ।

मकर : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ । साथीभाइले साथ दिनेछन् । तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ । तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ ।

कुम्भ : दिन सामान्य छ । धार्मिक कार्यमा सहभागी भए मनमा शान्ति मिल्नेछ । बिहान सुरुमै शिवको भजन गर्नाले दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ ।

मीन : दिन राम्रो छ । परिवारमा खुशी प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा थप मिहिनेत गरेमा प्रगति हुनेछ । व्यापारमा लगानी नगर्नु उचित हुन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ११ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि