आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ९ गते मंगलबार। मंसिर शुक्ल पक्षको पञ्चमी तिथि । तदनुसार सन् २०२५ नोभेम्बर २५ तारिख। विवाह पञ्चमी । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन राम्रो छ । साथीभाइले सहयोग गर्नेछन् । राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ । परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । प्रेम सम्बन्धमा खटपटी हुनसक्छ ।

वृष : मनमा प्रतिशोधका भाव आउने जोखिम छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । हिँड्दा अवरोध हुनसक्ने जोखिम छ । सोचेका काममा अवरोध हुनेछ । बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शुभकार्यका लागि मन अगाडि बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ । जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ । परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । तपाईंले गरेका प्रयास सफल हुने दिन छ । परिवारलाई ठुलो विश्वास गरेमा धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

कन्या : तपाईंले सोचेका काम सहज बन्नेछन् । रोगबाट मुक्त हुने दिन छ । परिवारले राम्रो साथ दिनेछ । फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ । विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ ।

तुला : दिन सामान्य छ । आम्दानीका दृष्टिले प्रगति हुनेछ । राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : बोल्दा सचेत बन्नुपर्नेछ । बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । औषधी नियमित नहुँदा रोगको जोखिम बढ्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ । परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ ।

धनु : दिन सहज छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ । राज्यको तर्फबाट सहयोग मिल्नेछ । सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ ।

मकर : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ । सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ । साथीभाइले साथ दिनेछन् । तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ । तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ ।

कुम्भ : दिन सामान्य छ । धार्मिक कार्यमा सहभागी भए मनमा शान्ति मिल्नेछ । बिहान सुरुमै शिवको भजन गर्नाले दिन सहज बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ ।

मीन : दिन राम्रो छ । परिवारमा खुशी प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा थप मिहिनेत गरेमा प्रगति हुनेछ । व्यापारमा लगानी नगर्नु उचित हुन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ११ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

निर्वाचनमा एक मतान्तरले समेत जित–हार तय हुन्छ । जसकारण निर्वाचन

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन