एमाले महाधिवेशन : प्रतिनिधि छनौटमा पाँच बुँदे निर्देशन « Khabarhub

एमाले महाधिवेशन : प्रतिनिधि छनौटमा पाँच बुँदे निर्देशन


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

​​​​​​​काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार सोमबार साँझ विभागको भर्चुअल बैठक मार्फत केही निर्णयहरू गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो ।

अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला   सम्बन्धित  निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरूपमा प्रकाशन गर्नुपर्नेछ । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ ।

यस्तै मंसिर १२ गते साँझसम्म सर्वसम्मतीका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नुपर्ने प्रतिनिधि छनौटलाई नसार्न निर्देशन गरेको छ ।

केही जिल्लाहरूमा प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकाले त्यसमा विभागले हस्तक्षेप गरेको छ ।

प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेताहरूलाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनौट प्रक्रियामा सहजीकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

मंसिर २७ देखि २९ गते काठमाडौंमा हुने पार्टीको ११ औँ महाधिवेशनको मंसिर १३ गते देशैभरी र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुने छन् । एमालेको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ८ : ०४ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि