‘निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’ « Khabarhub

‘निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं’

प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

भैरहवा – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

‘वर्तमान सरकार कसैको निगाहामा बनेको सरकार होइन । हामी कुनै अपेक्षाले आएका होइनौ र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौ । देशको विशिष्ट अवस्थामा, शून्यतालाई पुरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौं । हामीलाई कुनै किसिमको व्यक्तिगत आकांक्षा र लोभ छैन’, गृहमन्त्री अर्यालले भने, ‘प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर सो हासिल गर्ने दिशामा सरकार केन्द्रीत छ । त्यसैले हामी सुशासनको आधार बलियो बनाउने, भोलिको दिनमा विगार्न नसक्ने वातावरण तयार गरी निर्वाचीत सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं ।’

अहिलेको सामान्य परिस्थितिमा आइपुग्न हामी सबैको अथक प्रयास र मिहिनेतको महत्वपूर्ण प्रयासका कारण मात्र शान्ति सुरक्षाको सामान्य अवस्था सम्भव भएको उहाँको भनाइ छ । मन्त्री अर्यालले सुशासन प्रबर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको प्रष्ट पार्नुभएको हो ।

‘हामी यसैलाई मूलमन्त्र मानेर काम गरिरहेका छौं । विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुरा कतै सुनिएका छन् । सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ’, मन्त्री अर्यालले भने।

हाम्रा छोराछोरीले हाम्रो कार्यसम्पादनको शैलीमा यत्रो प्रश्न उठाइसकेपछि पनि हामी नसच्चिने हो, एकले अर्कालाई दोषारोपण गर्ने, सहिलाई सहि र खराबलाई खराब नभनी आफ्नो अनुकुलतामा ब्याख्या गर्दै जाने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न नसकिने उहाँले बताउनुभयो । आफ्ना अभिव्यक्ति दिँदा यसतर्फ पनि सबैको जिम्मेवारीबोध गर्न उहाँले अनुरोध गर्नु भयो।

‘भयरहित निस्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये यो सुरक्षा गोष्ठी पनि एक हो । हामीले यस सुरक्षा गोष्ठीमा लुम्बिनि प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि आवश्यक तयारी गर्ने छौं’, मन्त्री अर्यालले भने ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ११ : ०१ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि