अफगानिस्तानमा पाकिस्तानी बमबारी : १० जनाको मृत्यु भएको तालिबानको दाबी « Khabarhub

अफगानिस्तानमा पाकिस्तानी बमबारी : १० जनाको मृत्यु भएको तालिबानको दाबी


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा १० सर्वसाधारणको मृत्यु भएको तालिवान सरकारले जनाएको छ । यो घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो ।

तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत भने, ‘पाकिस्तानी आक्रमणकारी सेनाले एक स्थानीय नागरिकको घरमा बम प्रहार गर्दा खोस्त प्रान्तमा पाँच बालक, चार बालिका र एक महिलासहित १० जनाको मृत्यु भएको छ ।’ उनका अनुसार कुनार तथा पक्तिका सीमावर्ती क्षेत्रमा गरिएका थप आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् ।

पाकिस्तानी सेनाले यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन । यसअघि पेशावरस्थित पाकिस्तानको अर्धसैनिक सङ्घीय कन्स्टेबुलरी बलको मुख्यालयमा लक्षित आत्मघाती आक्रमणमा तीन जना अधिकारीको मृत्यु र ११ जना घाइते भएका थिए । 

कुन समूह जिम्मेवार रहेको भन्ने पुष्टि नभए पनि राज्य प्रसारक पिटिभीले आक्रमणकारीहरू अफगान नागरिक भएको रिपोर्ट गरेको छ र राष्ट्रपति आसिफ जरदारीले ‘विदेशी–समर्थित फितना अल–खवारीज’ लाई दोष लगाएका छन् । इस्लामाबादको शब्द फिता अल-खवारिज अर्थात तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी)आतंककारीहरूलाई अफगान भूमिबाट सञ्चालन गरेको आरोप लगाइएको छ ।

यसै महिनाको सुरुआतमा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको अर्को आत्मघाती विस्फोटमा १२ जनाको ज्यान गएको थियो । उक्त विस्फोटको जिम्मा अफगान तालिबानसँग विचारधारा मिल्ने पाकिस्तान तालिवान (टिटिपी) नजिकको एक समूहले लिएको थियो । पाकिस्तानले उक्त आक्रमण ‘अफगानिस्तानमा आधारित हाइकमान्डद्वारा निर्देशन गरिएको’ भएको आरोप लगाएको थियो ।

– तनावग्रस्त द्विपक्षीय सम्बन्ध 

सन् २०२१ मा तालिवान पुनः सत्तामा आएपछि पाकिस्तान–अफगानिस्तान सम्बन्ध लगातार तनावग्रस्त बनेको छ । गत अक्टोबरमा सीमा क्षेत्रमा भएको भिडन्तमा दुवै पक्षतर्फ करिब ७० जनाको मृत्यु भएपछि कतार र टर्कीको मध्यस्थतामा अस्थायी युद्धविराम भए पनि इस्तानबुलमा भएको वार्ताले स्थायी सुरक्षा समझदारी कायम गर्न सकेन । 

पाकिस्तानले अफगान भूमिमा टीटीपीलाई सुरक्षित आश्रय दिइएको आरोप लगाइरहेको छ, तर काबुलले उक्त आरोप कडा रूपमा अस्वीकार गर्दै उल्टै पाकिस्तानले अफगानिस्तानविरुद्ध शत्रुतापूर्ण समूहहरूलाई सहयोग गर्ने गरेको प्रतिवाद गर्दछ ।

यस्तै पाकिस्तान–अफगानिस्तान संयुक्त उद्योग वाणिज्य चेम्बरले यस हप्ता हजारौँ मालबाहक कन्टेनरहरू सीमा नाकामा रोकिँदा प्रत्येकले दैनिक १५०–२०० डलरसम्म अतिरिक्त खर्च खेप्नुपर्ने स्थिति अनुपयुक्त र ‘असहनीय’ भएको चेतावनी दिएका छन् । सम्पूर्ण घटनाक्रमले दुवै मुलुकबीचको सम्बन्ध फेरि गम्भीर तनावतर्फ फर्किएको संकेत गर्दछ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : २३ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि