‘शोले’ का जयले वीरुलाई सम्झिँदै भने- ‘भरिन नसक्ने शून्यता छाएको छ’ « Khabarhub

‘शोले’ का जयले वीरुलाई सम्झिँदै भने- ‘भरिन नसक्ने शून्यता छाएको छ’


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

मुंबई – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएपछि फिल्म उद्योग र प्रशंसकहरू शोकमग्न छन्।

करिब ५० वर्षअघि रिलिज भएको चर्चित फिल्म शोले मा वीरुको भूमिका निभाएका धर्मेन्द्र बलिउडका कालजयी कलाकारमध्ये एक थिए। सोही फिल्ममा जयको भूमिका निभाएका अमिताभ बच्चनले  सोसल मिडियामा धर्मेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफूले एक बहादुर र दिग्गज योद्धा गुमाएको बताएका छन्।

अमिताभले धर्मेन्द्रको केवल दमदार उपस्थिति मात्र नभई करुणा, सादगी र पञ्जाबको माटोसँग जोडिएको स्वभावका कारण उनी महान व्यक्तित्व भएको उल्लेख गरेका छन्। धर्मेन्द्रको निधनपछि जीवनमा भरिन नसक्ने शून्यता छाएको उनको भनाइ छ।

पञ्जाबमा जन्मिएका धर्मेन्द्रले १९६० को दशकमा फिल्म क्षेत्रमा प्रवेश गरेका थिए। आफ्नो करिअरमा उनले फूल और पत्थर, शोले, चुपके चुपके, सत्यकम, यादों की बारात लगायत थुप्रै चर्चित फिल्महरूमा यादगार अभिनय प्रस्तुत गरेका थिए। पर्दाभित्र रोमान्सदेखि वीर भूमिकासम्म सहज रूपमा निभाउने उनको क्षमता बलिउडमा प्रशंसनीय मानिन्छ।

फिल्म बाहिर पनि धर्मेन्द्रको सरल स्वभाव, हाजिरजवाबी र प्रशंसकप्रतिको माया उनलाई सबैको मनमा प्रिय बनाएको थियो। बलिउडले एक महान कलाकार गुमाउँदै गर्दा धर्मेन्द्रले छोडेको कलात्मक विरासत र सदाबहार भूमिकाहरू सधैं स्मरणीय रहने बताइएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १ : ३९ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा