राहदानीमा गडबडी : गौरिगञ्ज इप्रकाका आठजना कर्मचारी र चार राहदानी वाहकविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

राहदानीमा गडबडी : गौरिगञ्ज इप्रकाका आठजना कर्मचारी र चार राहदानी वाहकविरुद्ध भ्रष्टाचार मुद्दा


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राहदानीमा उमेर हेरफेर गरी गैरकानुनी रूपमा राहदानी जारी गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठजना सरकारी कर्मचारी र चारना राहदानी वाहकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार झापाको गौरिगञ्जस्थित इलाका प्रशासन कार्यालयका कर्मचारीहरूले राहदानी सिफारिस गर्न अनलाइन रकम असुलेको र उजुरी दिने धम्कीसमेत दिएको तथ्य अनुसन्धानमा खुलेको छ।

अनुसन्धानका क्रममा राहदानी विभाग र प्रशासन कार्यालयका पत्र तथा कागजातहरू झिकाई २०७९ साउनदेखि असोजसम्म जारी भएका राहदानीहरूको जन्म मिति नागरिकता प्रमाणपत्रसँग नमिलेको पाइएको छ। धेरै राहदानीमा उमेर ५ देखि ८ वर्षसम्म घटाएर वा बढाएर जारी गराइएको पुष्टि भएको आयोगले बताएको छ।

सबैभन्दा धेरै हेरफेर भएका केसमा विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुंगेल र बलराम महतोका राहदानीमा नागरिकतामा रहेको जन्म मिति परिवर्तन गरी राहदानी जारी गरिएको देखिएको छ।

राष्ट्रिय परिचयपत्रमा समेत उमेर हेरफेर भएको प्रमाण फेला परेको आयोगले जनाएको छ। आयोगका अनुसार यस कार्यमा प्रत्यक्ष संलग्न गौरिगञ्ज इलाका प्रशासन कार्यालयका तत्कालीन प्रमुख चुडामणि आपगाईं, नायब सुब्बा रविन कुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन दाहालविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ११ अनुसार कैद र जरिवानाको मागसहित आरोपपत्र दर्ता गरिएको छ।

त्यसैगरी, २०१३ मा झापा जिल्ला प्रशासन कार्यालयमार्फत् राहदानी जारी गर्दा हेरफेरमा संलग्न तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजालमाथि पनि त्यही दफा अनुसार कारबाहीको माग गरिएको छ।

राहदानीवाहकहरू विनोद कुवँर, सिमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुंगेल र बलराम महतोमाथि गैरकानुनी लाभ लिएको अभियोगमा भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम सजाय मागिएको आयोगले जानकारी दिएको छ।

प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, प्रमाणित कागजातमै अनाधिकृत परिवर्तन गरी राहदानी जारी गर्ने काम अत्यन्त गम्भीर प्रकृतिको भएको र यसले सरकारी अभिलेखको विश्वसनीयता नै प्रभावित पार्ने हुँदा कानूनी कारबाही अनिवार्य ठहरिएको हो।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : २० बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही