‘जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी’ « Khabarhub

‘जिहादी आक्रमणका कारण उत्तरी नाइजेरियामा उच्च भोकमरी’


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौँ नाइजेरियाले अनिकालको सामना गरिरहेको  विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मंगलबार जनाएको छ । 
 
उत्तरी नाइजेरियाका करिब ३ करोड ५० लाख मानिसहरूले आगामी सन्  २०२६ मा गम्भीर खाद्य असुरक्षाको सामना गर्नुपर्ने अनुमान गरिएको संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले विज्ञप्ति मार्फत जनाएको छ ।
  
करिव १६ वर्ष लामो जिहादी विद्रोहको केन्द्रबिन्दु बोर्नो राज्यका करिब १५ हजार  मानिसहरु विनाशकारी भोकमरी वा अनिकालको अवस्थामा पुग्ने अनुमान गर्दै  डब्लुएफपीले विज्ञप्ति जारी गरेको छ ।
  
द्वन्द्वले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने उत्तरपूर्वमा करिब २० लाख अन्य विस्थापित भई छिमेकी देशहरूमा गएको जनाइएको छ । 

नाइजेरियाले उत्तरपूर्वमा बोको हराम र मध्य तथा उत्तरपश्चिममा डाकु गिरोहहरूको नेतृत्वमा हिंसाको सामना गरिरहेको छ, जसले गाउँहरूमा छापा मार्छ, मानिसहरूलाई मार्नुका साथै र फिरौतीका लागि अपहरण गर्दछ ।

गत हप्ता मात्रै नाइजेरियाले तीनवटा सामूहिक अपहरणको सामना गरेको जनाइएको छ । नाइजर राज्यमा क्याथोलिक स्कूलका करिव ३०० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरू अपहरण गरिएको थियो, भने केब्बी राज्यमा २५ मुस्लिम हाई स्कूलका छात्राहरूको अपहरण भएको थियो । 

यसै गरी क्वारा राज्यमा ३८ जना उपासकहरूलाई चर्चबाटै अपहरण गरिएको जनाइएको छ ।  

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : २७ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक