एमाले छाडेका दुलाल बने नेकपाको केन्द्रीय समिति सदस्य « Khabarhub

एमाले छाडेका दुलाल बने नेकपाको केन्द्रीय समिति सदस्य


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले छाडेका नेता भरतप्रसाद दुलाल कात्तिक १९ गते गठित नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भएका छन् ।

नेकपा एमाले दोलखाका पूर्व सचिव तथा सैलुङ गाउँपालिकाका अध्यक्ष दुलाल मंगलबार प्रवेश गरेसँगै नेकपामा केन्द्रीय सदस्य भएका हुन् ।

उनलाई मंगलबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए।

सबै कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको उनले बताए ।

दुलाल लामो समय एमाले दोलखामा सक्रिय रहेर नेतृत्व गर्दै आएका थिए। पार्टीले दुलालले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने अपेक्षा गरेको जनाएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ५८ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी