आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार सन् २०२५ डिसेम्बर २५ तारिख । पौष शुक्ल पक्षको पञ्चमी तिथि । क्रिसमस डे । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । थालेका काम सफल हुनेछन् । मन खुशी हुनेछ । राज्यको माथिल्लो तहबाट सहयोग हुनेछ । राजनीतिक तहमा अवसर मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन राम्रो छ । बिहान गरेको कामबाट लाभ मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । मन प्रशन्न रहनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । रोजगारीको क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन : आज पठनपाठनमा रुची बढ्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ । राज्यको सेवामा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले काम बन्नेछ । परिवारमा भने सानो कुराले मनमुटाब बढ्नेछ ।

कर्कट : दिन सामान्य छ । आफूले गर्दै गरेको कारोबारमा अवरोध सिर्जना हुनसक्छ । साथीले नै असहयोग गर्ने जोखिम बढ्नेछ । सामूहिक काममा फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ ।

सिंह : साथीसँगको भेटले मनको कुण्ठा कम हुनेछ । आफूभन्दा ठूलासँग लिएको सल्लाहले काम सार्थक बन्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँग रमाइलो गरेर दिन बित्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँगको सम्बन्ध सफल बन्ने योग छ । अनावश्यक खर्च बढ्नेछ । आज नयाँ काम थालनी नगर्नु उचित हुनेछ ।

तुला : मनमा उत्साह बढ्नेछ । राज्यका तर्फबाट मान र सम्मान बढ्नेछ । अग्रज व्यक्तिसँगको छलफलले फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुसीको खबर सुन्ने योग रहेको छ ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम छ । रोगसँग लड्ने क्षमता भने बढेको छ । ठूला कामको सुरुवात नगर्नु राम्रो हुनेछ । परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनेछ ।

धनु : दिन राम्रो हुनेछ । आम्दानीको दृष्टिले दिन अब्बल छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । आफ्नो काम सफल पार्न नम्र भएर अगाडि बढ्नुपर्नेछ । परिवारले भन्दा बाहिरका साथीले साथ दिनेछन् ।

मकर : दिन सामान्य राम्रो छ । शुभ ग्रहको बहुमत भएकाले दैनिक काम सहज बन्नेछ । वैदेशिक लगानीबाट मन उत्साहित बन्नेछ । राजनीतिक सहकर्मीले साथ दिनेछन् । परिवारमाभित्र मनमुटाब बढ्ने भएकाले थोरै बोल्नु फाइदा हुनेछ ।

कुम्भ : धार्मिक कार्यमा संलग्न भएमा मन शान्त बन्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ । परिवारसँग्गको सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : पुरानो रोगले सताउने जोखिम बढी छ । मनमा खटपटी बढ्नेछ । गणेशको दर्शन गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ । 

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ५ : १४ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब