भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु « Khabarhub

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार चित्रदुर्ग जिल्लामा बिहीबार बिहान स्लीपर बस र विपरीत दिशाबाट आउँदै गरेको इन्धन बोकेको ट्याङ्करसँग ठोक्किएपछि आगलागी हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको हो। दुर्घटनामा थप यात्रुको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ।

ट्याङ्कर सडक डिभाइडरमा ठोक्किएर उफ्रिएको थियो। त्यही बेला बसमा ठोक्किर आगलागी भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ट्वीटर (एक्स)मा पोस्ट गर्दै ज्यान गुमाएकाप्रपिपत श्रद्धाञ्जली अर्पण गरेका हुन्। प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १० : ५६ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको