प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड « Khabarhub

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ बैंकको व्यवस्था गर्न सरोकारवालाले जोड दिएका छन् ।

जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) पोखराको सहकार्य तथा कृषि विकास निर्देशनालय, कोशी प्रदेशसँगको समन्वयमा सामुदायिक बीउ बैंक सङ्घ नेपाल, कावासोती नवलपरासीले बुधबार विराटनगरमा ‘कोशी प्रदेशमा सामुदायिक बीउ बैंक : वर्तमान अवस्था र विस्तारको आवश्यकता’ विषयक अन्तरक्रिया गरेको थियो । सो अन्तरक्रियामा सरोकारवालाले  स्थानीय र रैथाने जातका बीउको संरक्षणका लागि हरेक स्थानीय तहमा बीउ बैंक आवश्यक भएको बताएका हुन् ।

कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव पशुपति पोखरेलले स्थानीय र रैथाने जातको बीउ संरक्षणका लागि सरकारले काम गरिरहेको बताउँदै स्थानीय उत्पादनबाट बनेका परिकारलाई विद्यालय तथा सरकारी कार्यालयमा खाजाका रुपमा प्रयोग गरी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

सामुदायिक बीउ बैंक सङ्घ नेपालका कार्यक्रम सल्लाहकार पीताम्बर श्रेष्ठले बीउ बैंक वर्तमान र भविष्यको खाद्य सुरक्षा, पोषण, पर्यावरण, कृषि अनुसन्धान र विकासको आधार भएको बताउँदै रैथाने र स्थानीय बीउ संरक्षणका लागि तीन तहकै सरकार मातहतका निकायको साझा प्रयास अपरिहार्य रहेको बताए । 

सामुदायिक बीउ बैंक सङ्घ नेपालका सञ्चालक सदस्य डिल्ली पौडेलले आगामी आर्थिक वर्षमा प्रदेशको पहलमा जिल्लामा बीउ संरक्षणका लागि समावेश गर्न सकिने सम्भावनाको खोजी र मूलप्रवाहिकरण तथा विस्तारको मार्ग पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 

कोशी प्रदेशमा सामुदायिक बीउ बैंकको सङ्ख्या चार वटा छ । चारपाते बीउ बैंक मोरङ, शिवगञ्ज सामुदायिक बीउ बैंक झापा, तामाफोक सामुदायिक बीउ बैंक, सङ्खुवासभा र षडानन्द बीउ बैंक भोजपुर रहेका छन् । रासस

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ११ : ५९ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई