स्कुलमा विद्यार्थीको बिहे ! खुट्टाको पानी ‘ख्वाएर’ के सिकाउनुभयो ? « Khabarhub

स्कुलमा विद्यार्थीको बिहे ! खुट्टाको पानी ‘ख्वाएर’ के सिकाउनुभयो ?

विद्यालयको बचाउमा पालिका ?



काठमाडौं – बुटवलको एक बोर्डिङ स्कुलले विद्यार्थीको बिहे गराइदिएको छ । बुटवल उपमहानगरपालिका–८ स्थित एभरेष्ट इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले विद्यार्थीलाई परम्परा सिकाउने नाममा हिन्दु संस्कार अनुसार एक छात्रा र एक छात्रलाई सम्पूर्ण विधि पुर्याएर बिहे गरिदिएको छ । स्कुलको सांस्कृतिक महोत्सवमा दुई जना विद्यार्थीको विवाह गराएर विवाहको परम्परा सिकाइएको विद्यालयको दाबी छ ।

विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमअन्तर्गत विवाह मञ्चनको भिडियो ‘सिन्धुली मंसिर चार’ नामक फेसबुक पेजले पोस्ट गरेको थियो । साथै भिडियो स्कुलको फेसबुक पेजमा पनि सेयर गरिएको थियो । जसमा लेखिएको थियो– ‘एभरेष्ट कल्चरल फेस्टबाट उत्कृष्ट प्रस्तुतिको भिडियो । ब्राम्हण समूहले विवाह समारोहको नक्कल गर्दै ।’ स्कुलको सबैभन्दा उच्च ब्राम्हण प्रस्तुति भनेर लेखिएको छ ।

बिहेको मण्डप छ । बालबालिका दुलहादुलही झै सिंगारिएका छन् । बालिकालाई दुलहीको लत्ताकपडादेखि गहनासम्म पहिराइएको छ । दुबैले दुबोको माला लगाएका छन् । बालिकाको शिरमा सिन्दुर लगाएर रुमालले छोपिएको छ । बेहुलीको बाउआमाले तामाको भाँडामा खुट्टाको पानी खाएका छन् । दक्षिणा पनि दिएका छन् । अर्को दुई युवक सम्धी बनेर भेटघाट गरेका छन् ।

बिदा हुने बेलामा बेहुली बनेकी बालिकालाई रुनेसम्मको अभिनय गराइएको छ । पण्डितले बिहेमा जप्ने मन्त्रसमेत उच्चारण गरिएको छ । स्कुलले परम्परा सिकाइएको दाबी गरे पनि गालीको वर्षा हुन थालेपछि हाल उक्त फेसबुक पेजबाट भिडियो हटाइएको छ । अधिकांशले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । प्रस्तुति अपाच्य भएको धेरैको भनाइ छ ।

स्कुलले परम्परा सिकाइएको दाबी गरे पनि गालीको वर्षा हुन थालेपछि हाल उक्त फेसबुक पेजबाट भिडियो हटाइएको छ । अधिकांशले सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् । प्रस्तुति अपाच्य भएको धेरैको भनाइ छ ।

कति अभिभावकले कुन चेतनाले विद्यार्थीलाई यस्तो हर्कतमा सामेल गराइएको हो ? भनेर शिक्षक र विद्यालयको आलोचना गरेका छन् । केही अभिभावकले ती विद्यार्थीको अभिभावकको अनुमति लिएर गरिएको हो वा स्कुलको एकल निर्णयले यस्तो गतिविधिमा सामेल गराइएको हो ? भनेर प्रश्न गरेका छन् । त्यसैगरी कसैले उक्त भिडियोले बालविवाहको झल्को दिएको टिप्पणी गरेका छन् । नेपालमा बालविवाह अपराध मानिन्छ । सञ्जालमा सुरज हजारी दाहाल लेख्छन्– ‘सांस्कृतिक महोत्सवको नाममा विद्यार्थीलाई प्रयोग गरी विवाह संस्कारको नक्कल गर्नु ठीक कुरा हो ? यस्तो कार्यले वालविवाहलाई प्रोत्साहन दिन्छ ।’

पत्रकार दुर्गा कार्की लेख्छिन्– ‘विवाह पितृसत्ताको वाहक र निरन्तरताको सबैभन्दा बलियो संस्था हो । महिलाको शोषण, दमन र परनिर्भतालाई यो संस्थाले संरचनागत रुप मै यति गहिरो बनाएको छ कि जुन प्राकृतिक देखिन्छन् देखाइन्छन् । विवाह र महिलाका भूमिकाहरुको पुनरसंरचना र पुनर्परिभाषा हुनुपर्छ भनिरहँदा यो बाल मस्तिष्कलाई संस्कृति सिकाउने नाममा एउटा शैक्षिक संस्थाले त्यही संरचनागत विभेदको बिष पिलाएछ । विवाहको परम्परागत मान्यता तोड्नुपर्छ भन्ने बहस भइरहँदा शैक्षिक संस्थाले नै यस्ता विभेदकारी चलनको पक्षपोषण गर्दै बालबालिकालाई प्रयोग गर्नु अति नै दुःखद हो । हाम्रा शैक्षिक संस्था तलदेखि माथिसम्म कतिसम्म जेण्डर छन् भन्ने यसले देखाउँछ । शिक्षाले परिवर्तन ल्याउँछ भनेको यस्तो शिक्षाले के परिवर्तन ल्याउला ? झन् पछाडि पो जाँदैछ त समाज । के तत्त्वले यस्तो आइडिया आउँछ ?’

शिक्षाले परिवर्तन ल्याउँछ भनेको यस्तो शिक्षाले के परिवर्तन ल्याउला ? झन् पछाडि पो जाँदैछ त समाज । के तत्त्वले यस्तो आइडिया आउँछ ?’

त्यसैगरी लेखक सीमा आभास लेख्छिन्– ‘यस्ता विद्यालयलाई कारबाही गर्नुपर्ने हो । विद्यालयको यो बद्‍मासी हो ।’रेवतीप्रसाद अधिकारी लेख्छन्– ‘यसलाई गलत कार्य होइन, अपराध भनिन्छ अपराध । आयोजकलाई कडा कारबाही गरिनुपर्छ ।’

यम खड्का काफ्ले लेख्छन्– ‘नौटंकी गर्छन् बुज्रुकले वाही वाही गर्छन् अरुले । संस्कृति र विकृति छुट्याउन नसक्ने ठाउँमा पुगिसक्यो समाज ? अब फेरि स्कुलले हैन बोर्डिङले भने पछि के के न हो सबै राम्रो हुन्छ भन्ने सम्म पुगेका छौं हामी ।’
विद्यालयको अध्यक्ष गमप्रसाद रेग्मी, प्रिन्सिपल कृष्ण न्यौपाने र सह–प्रिन्सिपलद्वय भिमसेन गौतम र उमेश रेग्मी रहेका छन् । २०४२ सालमा स्थापना भएको स्कुलमा मण्टेश्वरीदेखि प्लस टुसम्मको पढाई हुन्छ । विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने स्कुलले आफूलाई विशिष्ट श्रेणीको शिक्षा दिँदै आएको दाबी गरेको छ । तर नैतिक शिक्षा दिने सवालमा स्कुल चुकेको देखिन्छ ।

विद्यालयको बचाउमा पालिका
बुटवल उपमहानगरपालिका शिक्षा शाखा अधिकृत कोपिला ज्ञवालीले एभेरेष्ट स्कुललाई अब आउँदा दिनमा त्यस किसिमका भिडियो नबनाउन निर्देशन दिएको बताएकी छिन् । खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘हामीलाई कार्यक्रममा बोलाइएको थिएन । तर बुटवलकै उत्कृष्ट बोर्डिङ स्कुल हो । शिक्षाको गुणस्तर राम्रो भएकै कारणले हजारौ संख्यामा विद्यार्थी पढ्न आउछन् ।’
उपमहानगरपालिका शिक्षा शाखाले सामाजिक सञ्जालमा भिडियो देखेपछि स्पष्टीकरण सोधेको छ । ‘सामाजिक सञ्जालमा विरोध भएको देखेपछि हामीले स्कुललाई सोधेका थियौ । उहाँहरुले पनि अब यस्ता भिडियो बनाउन नहुने रहेछ भनेर गल्ती महसुस गर्नुभएको छ’, अधिकृत ज्ञवाली थप्छिन्, ‘उदेश्य रमाइलो गर्ने थियो । बालविवाहलाई प्रोत्साहन गर्ने थिएन भनेर जवाफ दिनुभएको छ । शैक्षिक हब हो । त्यसकारण पनि लिखित स्पष्टीकरण नभई मौखिक रुपमै गल्ती नगर्न आग्रह गरिएको छ ।’

दुलाहादुलही बनेका बालबालिका त्यहि स्कुलमा पढाउने शिक्षककै छोराछोरी रहेको ज्ञवालीले बताइन् । ‘शिक्षककै छोराछोरी हुन् । शिक्षित अभिभावककै अनुमति लिएर विशुद्ध मनोरञ्जनको लागि गरिएको थियो । वास्तविकता र नाटकबीचको फरक नबुझ्नेले त्यो भिडियोलाई लिएर आलोचना गरिरहेका छन् । त्यति नै भिडियोको कारण गुणस्तर शिक्षा प्रदान गरिरहेको स्कुलको बदनाम गर्नुपर्दैन ।’

उपमहानगरका प्रमुख खेलराज पाण्डेयले सञ्चारमाध्यममा स्कुललाई आवश्यक कारबाही गरिने बताए पनि शिक्षा शाखाले भने स्कुलको बचाउ गरेको छ ।

साथै, ज्ञवालीले सबै शिक्षक तथा संञ्चालक सबैजना आफूले चिनेको बताउदै उक्त भिडियोको बारेमा धेरै चर्चा गरिराख्नु आवश्यक नहरेको भन्दै बचाउ गर्ने प्रयास गरिन् । उपमहानगरका प्रमुख खेलराज पाण्डेयले सञ्चारमाध्यममा स्कुललाई आवश्यक कारबाही गरिने बताए पनि शिक्षा शाखाले भने स्कुलको बचाउ गरेको छ ।

स्कुलमा विवाह परम्परा सिकाउनु गतल : बालअधिकारकर्मी
बालअधिकारकर्मी डा. देवकी आचार्य रियालिटीबेसमै बालबालिकालाई विवाह संस्कार सिकाउनु गतल भएको बताउँछिन् । खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘बुटवलको एभरेष्ट बोर्डिङ स्कुलमा गरिएको विवाह गलत अभ्यास हो । बालबालिकाको बाजागाजासहित प्रक्रिया पुर्‍याएरै विवाह गरिएको देखिन्छ । संस्कार सिकाउने नाममा विद्यालयमा विवाह उत्सव गर्नु उचित होइन ।’

‘हरेक कुरा सिक्ने उमेर हुन्छ । १२/१३ वर्षको बालबालिकालाई विवाहको परम्परा किन सिकाइनु ? समय आएपछि आफैँ सिक्छन् । सिकाउने नै हो भने पनि विवाहको भिडियो देखाउने हो । यस्तो गर्नुपर्छ भनेर गर्नै लगाउनु राम्रो भएन, उनी थप भन्छिन्, ‘ति बालबालिकालाई दीर्घकालीन असर पर्छ । साथीहरुले स्कुलमा दुलादुलही भनेर जिस्काउन सुरु गर्छन् । बिहे गरेर देखायौ अब बच्चा पाएर देखाउ भन्ने जस्ता उरेन्ठेउला कमेन्टको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।’

बुलिङबाट बालबालिकामा मानसिक असर पर्ने अधिकारकर्मी आचार्यको भनाइ छ । ‘कमलो मानसिकतामा विवाह, दुलाहादुलही भन्ने र दाम्पत्य जीवन सिक्ने बेलै भएको छैन । आखिर त्यो फिल्मको सुटिङ पनि थिएन । उनीहरु कलाकारै पनि थिएनन् । उनीहरुको पछि हुने दाम्पत्य जीवनमा समेत असर पुग्न सक्छ । आखिर समाज त यही हो । स्कुल पढ्दा विवाह भइसकेको थियो जस्ता टिकाटिप्पणी पछि पनि आउन सक्छ । यसमा विद्यालय परिवार र अभिभावक सचेत हुन आवश्यक छ’ उनले भनिन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १ : ०३ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ