खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा « Khabarhub

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन्।

ढाका विमानस्थल नजिकै उनको स्वागतका लागि बंगलादेशी नेशनलिस्ट पार्टी (बीएनपी) का करिब १ लाख कार्यकर्ता भेला भएका छन्।

गिरफ्तारीबाट बच्न रहमान सन् २००८ मा लन्डन भागेका थिए। त्यसबेला शेख हसिनाको सरकारमा उनीविरुद्ध भ्रष्टाचारका धेरै मुद्दा चलिरहेका थिए।

बंगलादेशमा आगामी वर्ष फेब्रुअरी १२ मा आमनिर्वाचन हुँदैछ। शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएको छ।

यस्तो अवस्थामा बंगलादेशी नेशनलिस्ट पार्टी (बीएनपी) लाई निर्वाचन जित्ने सबैभन्दा ठूलो दावेदार मानिएको छ।

बीएनपीकी अध्यक्ष खालिदा जिया ८० वर्षकी भइसकेकी छन्, उनी गम्भीर रूपमा बिरामी छिन्। त्यसैले तारिक रहमान आगामी प्रधानमन्त्रीका सम्भावित उम्मेदवार हुन सक्ने आँकलन गरिएको छ।

तारिकले भने, ‘६,३१४ दिनपछि फर्किएँ’

तारिकले सिलहटबाट फेसबुकमा अपडेट गरेका छन्। बिहान १० बजेर १८ मिनेटमा उनले आफ्नी पत्नीको तस्बिर पोस्ट गर्दै लेखे, ‘अन्ततः सिलहटमा, बंगलादेशको भूमिमा!’

यसअघि बिहान ९ बजेर ३४ मिनेटमा उनले अर्को पोस्टमा लेखेका थिए, ‘लामो ६,३१४ दिनपछि, बंगलादेशको आकाशमा !’

तारिकलाई भेट्न देशभरबाट मानिसहरू पुगे

बीएनपी समर्थकहरू तारिक रहमानको स्वागतका लागि जुलाई ३६ एक्सप्रेसवेमा मानिसहरूको भिड जम्मा भएको छ। धेरैजना देशका विभिन्न भागबाट रातभर यात्रा गरेर आएका थिए र खुला आकाशमै सुतेका थिए।

बीएनपीले तारिक रहमान बोगुरा–६ सिटबाट चुनाव लड्ने घोषणा गरेको छ। यही सिटबाट यसअघि उनकी आमा तथा पूर्व प्रधानमन्त्री खालिदा जिया सांसद निर्वाचित भएकी थिइन्।

बीएनपी का वरिष्ठ नेताहरूले ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा तारिक रहमानको न्यानो स्वागत गरेका छन्।

पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र बीएनपी स्थायी समितिका सदस्यहरूले विमानस्थलको भिआइपी लाउन्जमा तारिकलाई अँगालो हालेर र फूल दिएर स्वागत गरेका थिए।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १२ : ३७ बजे

ह्याट्रिक जित निकालेको डोडी छोड्दै प्रेम आले, नेकपाले दियो कैलाली-५ को टिकट

धनगढी- नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि

पाकिस्तानको पञ्जाबमा सडक दुर्घटना, १४ जनाको मृत्यु

इस्लामबाद– पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार बिहान भएको

वामदेव अब राष्ट्रिय भाबाट प्रतिनिधि सभातिर, बर्दिया १ बाट उठ्न राजीनामा दिँदै

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा