खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा « Khabarhub

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन्।

ढाका विमानस्थल नजिकै उनको स्वागतका लागि बंगलादेशी नेशनलिस्ट पार्टी (बीएनपी) का करिब १ लाख कार्यकर्ता भेला भएका छन्।

गिरफ्तारीबाट बच्न रहमान सन् २००८ मा लन्डन भागेका थिए। त्यसबेला शेख हसिनाको सरकारमा उनीविरुद्ध भ्रष्टाचारका धेरै मुद्दा चलिरहेका थिए।

बंगलादेशमा आगामी वर्ष फेब्रुअरी १२ मा आमनिर्वाचन हुँदैछ। शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएको छ।

यस्तो अवस्थामा बंगलादेशी नेशनलिस्ट पार्टी (बीएनपी) लाई निर्वाचन जित्ने सबैभन्दा ठूलो दावेदार मानिएको छ।

बीएनपीकी अध्यक्ष खालिदा जिया ८० वर्षकी भइसकेकी छन्, उनी गम्भीर रूपमा बिरामी छिन्। त्यसैले तारिक रहमान आगामी प्रधानमन्त्रीका सम्भावित उम्मेदवार हुन सक्ने आँकलन गरिएको छ।

तारिकले भने, ‘६,३१४ दिनपछि फर्किएँ’

तारिकले सिलहटबाट फेसबुकमा अपडेट गरेका छन्। बिहान १० बजेर १८ मिनेटमा उनले आफ्नी पत्नीको तस्बिर पोस्ट गर्दै लेखे, ‘अन्ततः सिलहटमा, बंगलादेशको भूमिमा!’

यसअघि बिहान ९ बजेर ३४ मिनेटमा उनले अर्को पोस्टमा लेखेका थिए, ‘लामो ६,३१४ दिनपछि, बंगलादेशको आकाशमा !’

तारिकलाई भेट्न देशभरबाट मानिसहरू पुगे

बीएनपी समर्थकहरू तारिक रहमानको स्वागतका लागि जुलाई ३६ एक्सप्रेसवेमा मानिसहरूको भिड जम्मा भएको छ। धेरैजना देशका विभिन्न भागबाट रातभर यात्रा गरेर आएका थिए र खुला आकाशमै सुतेका थिए।

बीएनपीले तारिक रहमान बोगुरा–६ सिटबाट चुनाव लड्ने घोषणा गरेको छ। यही सिटबाट यसअघि उनकी आमा तथा पूर्व प्रधानमन्त्री खालिदा जिया सांसद निर्वाचित भएकी थिइन्।

बीएनपी का वरिष्ठ नेताहरूले ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा तारिक रहमानको न्यानो स्वागत गरेका छन्।

पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र बीएनपी स्थायी समितिका सदस्यहरूले विमानस्थलको भिआइपी लाउन्जमा तारिकलाई अँगालो हालेर र फूल दिएर स्वागत गरेका थिए।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  १२ : ३७ बजे

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला