जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन « Khabarhub

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा भइरहेको समस्या समाधानका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

आज जनकपुरधाममा बसेको जिल्लास्थित यातायात व्यवस्था समितिको बैठकले मधेस प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐनअनुसार १५ दिनभित्र उक्त विषयका सन्दर्भमा अध्ययन गरी सम्बन्धित निकायमा प्रतिवेदन पेस गर्नेगरी अध्ययन समिति गठन गरेको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलकोको अध्यक्षतामा आज जनकपुरधाममा बसेको बैठकले यातायात कार्यालय धनुषाका प्रमुख धनञ्जयकुमार सिंहको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ । 

समितिले बागमती प्रदेशको राजधानी हेटौँडा, कोशी प्रदेशको राजधानी विराटनगर तथा मधेस प्रदेशको राजधानी वीरगन्ज नगरक्षेत्रमा सञ्चालित ई–रिक्साको व्यवस्थापन, सञ्चालन रुट, अनुमति तथा दर्ताका विषयमा विस्तृत अध्ययन गरी समस्या समाधानका लागि आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्नेछ ।

सोही अध्ययन प्रतिवेदनका आधारमा जनकपुरधाममा ई–रिक्साको व्यवस्थापन प्रक्रिया अगाडि बढाइने यातायात कार्यालयका प्रमुख सिंहले जानकारी दिए । 

जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि, ई–रक्सा मजदुर युनियनका प्रतिनिधि र सदस्य सचिवमा यातायात व्यवस्था कार्यालय धनुषाका एक जना अधिकृत रहने गरी पाँच सदस्यीय समिति गठन भएको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले जानकारी दिए।

बैठकमा नगरप्रमुख साहसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, जिल्ला ट्राफिक कार्यालयका प्रहरी प्रमुख, ई–रिक्सा मञ्जदुर युनियनका प्रतिनिधिलगायत सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो । 

अत्यधिक सङ्ख्यामा चल्ने ई–रिक्साका कारण जनकपुर क्षेत्रको यातायात सञ्चालन तथा व्यवस्थापनमा समस्या आउने गरेकाले उचित व्यवस्थापनका लागि अध्ययन समिति गठन गरिएको नगरप्रमुख साहले बताए। 

जिल्लामा दश हजारभन्दा बढी ई–रिक्सा दर्ता भई सञ्चालनमा रहेका यातायात कार्यालय जनकपुरले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : २२ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ