निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड « Khabarhub

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उनले निर्वाचनका निम्ति शान्तिपूर्ण वातावरण बन्नुपर्ने  बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुन्छ भने।  

त्रास र असुरक्षाकाबीच निर्वाचनको वातावरण नबन्ने  अध्यक्ष ओलीको कथन थियो । जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उनले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको हो भने। 

राष्ट्रपति रामचन्द्र पौडेलले हालै आह्वान गरेको बैठकमा आफू सहभागी भएको र त्यहाँ पनि आफूले आफूहरू चुनावका विरुद्धमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने कुरा स्पष्ट गरेको बताए।

आफूले प्रतिनिधिसभाको पुनःस्थापना  हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताए। 

भदौ २३  गते परिचालन भएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पत्तिको सुरक्षा र आत्मरक्षाको लागि निर्णय गरेकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउनु युक्तिसङ्गत नहुने बताए।  

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : ३२ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई