रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर « Khabarhub

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको भेटस्थलबाट बाहिरिएका छन्।

एक नेताले जानकारी दिएअनुसार अब रविसहित केही नेताहरू छलफलमा बस्नेछन् । बालेनले एउटै चुनाव चिह्न लौरो लिएर निर्वाचनमा जाने प्रस्ताव यो भेटमा गरेका छन् ।

रविले यसबारे पार्टी नेताहरूसँग छलफल गरेर निर्णय दिने बताए । ‘पुन: छलफल गरेर बैठक बस्ने भएको छ। केही नेता जुटेर छलफल गर्दैछौं । नयाँ शक्तिसँगको संवाद सकारात्मक भएको छ । एउटै पार्टी बनेर जाने सम्भावना पनि छ । मोर्चाको सम्भावना छ’, ती नेताले भने, ‘देशकै चौथो शक्ति लचिलो भएर जान सकिँदैन । वैकल्पिक शक्ति एक बनाएर जान अभिभावकका रुपमा सोच्नुपर्ने बेला आएको छ ।’

शिशिर पुगे बालेन भेट्न

लामिछाने बाहिरिनेबित्तिकै नेता शिशिर खनाल बालेनलाई भेट्न ज्वागल पुगेका हुन् ।

रविपछि थप छलफल गर्न शिशिर अहिले बालेनका सहयोगी कुमार बेनको घरमा पुगेका हुन् । बालेन्द्र र रवि दुवै पक्षका नेताहरूका अनुसार छलफल सकारात्मक भइरहेको छ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ४ : १९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन