काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ चलाएको छ ।
‘मनको कुरा गरौं’ भन्ने नारासहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहि मंसिर २४ गते सुरु गरेको यो अभियान फागुन ३० गतेसम्म देशभर चल्नेछ । अभियानअन्तर्गत हरेक महिनामा मानसिक स्वास्थ्यसँग सम्बन्धित निश्चित विषयवस्तु तय गरी त्यसअनुसारका सचेतनामूलक कार्यक्रम, संवाद र गतिविधिहरू सञ्चालन भइरहेका छन् ।
अभियानको एक प्रमुख एजेन्डाका रूपमा बालबालिका र किशोर–किशोरीमाथि हुने बुलिङ लाई प्राथमिकतामा राखिएको छ ।
बुलिङ के हो ?
बुलिङ भनेको कुनै व्यक्ति वा समूहले अर्को व्यक्ति (प्रायः बालबालिका वा किशोर–किशोरी) लाई बारम्बार डर देखाउने, हेप्ने, गाली गर्ने, जिस्क्याउने, शारीरिक वा मानसिक रूपमा दुःख दिने व्यवहार हो । यो विद्यालय, घर, समुदाय वा अनलाइन (सायबर बुलिङ) जुनसुकै ठाउँमा हुन सक्छ।
बुलिङका मुख्य प्रकार
शारीरिक बुलिङ : कुटपिट, धकेल्ने, सामान खोस्ने
मौखिक बुलिङ : गाली, उपहास, धम्की
सामाजिक बुलिङ : साथीबाट टाढा पार्ने, बदनाम गर्ने
सायबर बुलिङ : सामाजिक सञ्जाल, म्यासेज वा अनलाइन प्लेटफर्ममार्फत हेप्ने
बुलिङले पार्ने असर
बुलिङको शिकार भएका बालबालिका तथा किशोरमा
डर, तनाव र चिन्ता
आत्मविश्वासमा कमी
एक्लोपन, पढाइमा कमजोरी
मानसिक स्वास्थ्य समस्या देखिन सक्छन् । दीर्घकालमा यसले स्वस्थ मन र जीवनमा गम्भीर असर पार्न सक्छ।
अभिभावकले कसरी थाहा पाउने ?
अभिभावकले यी संकेतहरूमा ध्यान दिनुपर्छः
बच्चा अचानक चुपचाप वा डराएको देखिनु
विद्यालय जान नमान्नु
निद्रा नलाग्ने, भोक नलाग्ने
मोबाइल र इन्टरनेट प्रयोगपछि असहज हुनु
शरीरमा चोटपटक देखिनु तर कारण नबताउनु
थाहा पाएपछि अभिभावकले के गर्ने ?
आफ्ना बालबािलकासंग खुलेर कुराकानी गर्ने
बालबालिकालाई नाई हुन्न भन्नसक्ने बनाउने
शान्त भएर कुरा सुन्ने – दोष नलगाई बच्चाको कुरा ध्यानपूर्वक सुन्नु
समर्थन दिनु – ‘तिमी गलत होइनौ’ भन्ने अनुभूति गराउनु
विद्यालयसँग समन्वय – शिक्षक वा विद्यालय प्रशासनलाई जानकारी गराउनु
अनलाइन बुलिङ भए प्रमाण सुरक्षित गर्ने
आवश्यक परे मनोसामाजिक परामर्श लिने
बुलिङ रोकथामका उपाय
घर र विद्यालयमा खुला संवादको वातावरण
बालबालिकालाई आत्मसम्मान र आत्मरक्षा सीप सिकाउने
विद्यालयमा बुलिङविरुद्ध स्पष्ट नीति
अनलाइन प्रयोगमा अभिभावकको निगरानी
(राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा)













प्रतिक्रिया