राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की « Khabarhub

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी छन् ।  

बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री कार्कीले सरकार अहिले राजनीतिक दल र जेन-जीको दोहोरो दबाबमा रहेको र सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी हुन् ।

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गुनासो गरिन्  । विभिन्न दलका साथै जेन-जीहरुले पनि सरकार छाड भनेर दबाब दिए पनि सरकार छोडेर हिँड्ने अवस्था नरहेको उनले बताइन्  । उनले मुलुकमा अहिलेकै अवस्था रहिरहे आगामी दिन सहज नहुने भएकाले निर्वाचनमार्फत निकास दिन जरुरी रहेको उल्लेख गरिन् ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ५ : २२ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा