प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा « Khabarhub

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई तथानाम गालीसहितको अडियोका कारण प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलाई दबाब बढेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाण्डेको उक्त अश्लील गालीसहितको अडियो प्रकरण ढिसमिस भएको बताए पनि चौतारीकै नेतृहरूले मोर्चा कसेका हुन् ।

अडियो प्रकरणका कारण विवादमा परेका एमालेनिकट प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेलाई पदमुक्त गर्न माग गर्दै २३ जना नेतृहरूले उनै ओलीसमक्ष लिखित निवेदन दिएका छन् ।

केन्द्रीय कमिटीका २३ नेतृहरूले हस्ताक्षरसहित ओलीलाई बुझाएको निवेदनमा तत्काल बैठक बोलाउन पनि माग गरिएको छ। महासचिव हीरामान लामासमक्ष दिइएको निवेदनमा उनीहरूले तत्काल केन्द्रीय बैठक बोलाउनसमेत माग गरेका छन् ।

ओलीलाई बुझाइएको निवेदनमा उपाध्यक्ष तथा केन्द्रीय महिला विभाग प्रमुख कृपा भण्डारी, बागमती इन्चार्ज प्रतिमा सिलवाल, महिला विभाग उपप्रमुख रेनु पराजुलीलगायत २३ केन्द्रीय सदस्यको हस्ताक्षर छ ।

निवेदनमा पाण्डेले सामाजिक सञ्जालमा कहिले अडियो एआईबाट बनेको, कहिले आफूले बोलेको भन्दै फरक–फरक भनाइसहित स्वीकारोक्ति गरेको उल्लेख छ ।

पाण्डेको उक्त हर्कतले संगठनको गरिमामा गम्भीर आँच पुगेको उनीहरूले जनाएका छन्। सामाजिक सञ्जालमा पटकपटक व्यक्त विचार र पुस ४ मा लेखिएको स्टाटसले अध्यक्ष ओली सहित अन्य नेता मुछेर संगठनलाई बदनाम गरेको आरोप पनि उनीहरूले लगाएका छन् ।

‘लज्जास्पद अभिव्यक्तिबारे उठेका आवाजलाई सम्बोधन गरी आत्मालोचना गर्नुको सट्टा संगठनका महिला सदस्यलाई व्यक्तिगत सम्पर्क गरी जिम्मेवारीबाट मुक्त गर्छु भन्ने जस्ता व्यवहार अध्यक्षबाट देखिनु थप चिन्ताजनक छ’, उनीहरूले भनेका छन् ।

निवेदन परेकोबारेमा सम्पर्क गर्दा महासचिव लामाले भने केही बोल्न चाहेनन् । उनले अहिले आफू व्यस्त भएकाले पछि कुरा गर्ने भनेर यस विषयमा बोल्नबाट पन्छिए ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ४७ बजे

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको