गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती | Khabarhub Khabarhub

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरु गरिएको छ । गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

‘विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ’, उनले भने ।

गाउँपालिकाको आर्थिक वर्ष २०८१–८२ का लागि स्वीकृत ‘विद्यालय च्याउखेती कार्यक्रम’मार्फत सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालेको उपाध्यक्ष तिवारीको भनाइ छ । ‘प्रत्येक विद्यालयका एक–एक जना शिक्षकलाई च्याउखेतीका लागि तालिम दिएर पठाइएको छ’, उनले भने, ‘त्यस्तै च्याउखेतीका लागि आवश्यक बीउलगायत अन्य आवश्यक सामग्री पनि विद्यालयलाई अनुदानमा उपलब्ध गराइएको हो ।’

गत वर्ष परीक्षणका रूपमा आठवटा विद्यालयमा गरिएको च्याउखेती सफल भएपछि यस वर्षदेखि अन्य विद्यालयमा पनि च्याउखेतीलाई विस्तार गर्न लागिएको हो । ‘विद्यालयले उत्पादन गरेको च्याउ दिवा खाजामा प्रयोग गरेर पनि बढी हुने अवस्था आए बजारमा बिक्री गर्ने योजनामा छौँ,’ उपाध्यक्ष तिवारीले भने, ‘यसबाट विद्यालयको आयआजर्न पनि बढ्ने छभने बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउनेछन् ।’

च्याउखेतीलाई प्रोत्साहनका लागि सबैभन्दा धेरै उत्पादन गर्ने विद्यालयलाई पुरस्कार दिने व्यवस्था गरिएको उनको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले चालु आवका लागि एक लाख बजेट विनियोजन गरेको जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : ०२ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।