ललितपुरमा सुरु भयो ट्राफिक सचेतना अभियान (तस्बिरहरू) | Khabarhub Khabarhub

ललितपुरमा सुरु भयो ट्राफिक सचेतना अभियान (तस्बिरहरू)


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । 

आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो ।

सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरिएको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उनले ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४ सै घण्टा सञ्चालन हुने बताए । स्मार्ट ट्राफिक लाइटको नियम उलंघन गरेको विवरण सिस्टममा रेकर्ड हुने भएकाले नियम उलंघन गर्नेलाई अव कारबाही गर्ने उनले बताए ।  

साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरूले चोक चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ । 

‘सडक सुरक्षा, जीवनको रक्षा’ भन्ने नाराको साथ ललितपुर महानगरपालिकाद्वारा आयोजित साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ

सचेतना कार्यक्रमको सहकार्य प्याब्सन ललितपुर, प्रहरी परिसर जावलाखेलका साथै काठमाडौं उप्त्यका ट्राफिक प्रहरीले पनि गरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए ।

हेर्नुहोस् तस्बिरहरू

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : ३१ बजे

चुरे विनाशका कारण मधेसमा जलसङ्कट आयो : अध्यक्ष यादव

सप्तरी – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे

घर भत्किँदा किचिएर बालकको मृत्यु

सर्लाही – यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर

जनताका मुद्दा स्थापित गराउन सफल भएको रास्वपाकाे निष्कर्ष

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज भैरहवामा

जानकीलाई स्वास्थ्यमन्त्रीको फोन : देशलाई तपाईंजस्तै स्वास्थ्यकर्मीको खाँचो छ

काठमाडौं – स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा

पब्जी मोबाइल विश्वकप : नेपालको ‘होर ईस्पोर्ट्स’ अन्तिम १६ मा

काठमाडौं – नेपालको ‘होर ईस्पोर्ट्स’ टोलीले अन्तर्राष्ट्रिय पब्जी मोबाइल विश्वकपको