एमालेले संसदीय दल र रास्वपाले डाक्यो सचिवालय बैठक « Khabarhub

एमालेले संसदीय दल र रास्वपाले डाक्यो सचिवालय बैठक


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्को हिउँदे अधिवेशन नजिकिएसँगै दलहरूले आन्तरिक तयारी थालेका छन्। सत्तारुढ र प्रतिपक्षी दुवै दलहरूले आन्तरिक तयारीका लागि बैठकहरु बोलाएका छन् ।

माघ १८ गतेदेखि संसद् अधिवेशन सुरु हुने भएपछि नेकपा एमालेले मंगलबार बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ।

संसद्‍को अधिवेशन सुरू हुनु तीन दिनअघि अर्थात् आगामी माघ १५ गते मंगलबारका लागि दलको बैठक बोलाइएको हो।

राष्ट्रपति रामचन्द्र पौडेललले संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट सुरु हुने गरी आह्वान गरिसकेका छन् ।

संसद्मा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावली (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको उनले बताइन् ।

बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : २९ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण