नक्कली शरणार्थी प्रकरण : सर्वाेच्चको झिकायो झाको मुद्दाका कागजात | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरण : सर्वाेच्चको झिकायो झाको मुद्दाका कागजात


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाको भूमिका निर्वाह गरेपछि हाल जेलमा मुख्य प्रतिवादीमध्येका एक बेचन झाको कागजात झिकाउन सर्वोच्च अदालतले आइतबार आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले मुद्दामा ‘अन्य’ आदेश दिँदै कागजात झिकाउने निर्णय सुनाएको हो ।

बिचौलियाको भूमिका खेलेका झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि सुनुवाइ गर्दै सुवेदी र पाण्डेको इजलासले कागजात झिकाउने आदेश दिएको हो ।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषद्‍बाटै निर्णय गराउने भन्दै रकम असुल गरेको आरोपमा मुद्दा खेपेका छन् ।

यसअघि ३ माघमा झालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका झालाई सर्वोच्चले रिहा गर्न अस्वीकार गर्दै थुनामा राख्नुको कारण सरकारसँग सोधेको थियो ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि झा उच्च अदालत पुगेका थिए । हाल कारागार कार्यालय जगन्नाथदेवलमा रहेका झा उच्च अदालत पाटनले पनि जिल्लाकै आदेशलाई सदर गरिदिएपछि झा सर्वोच्चमा पुगेका थिए।

उच्च अदालतका न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्लाको निर्णय सदर गरेको थियो ।

झालाई नक्कली शरणार्थी प्रकरणमा २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार बेचनलाई रिहा गर्न अस्वीकार गर्दै सरकारसँग कारण मागेको हो ।

बेचन झाले यही पुस ४ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले गत पुस ५ गते कैफियत प्रतिवेदन माग गरेको थियो । त्यसपछि झाले बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : २१ बजे

मुलुक लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालित हुनुपर्छ : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले

पहिचानवादीलाई वार्तामा आउन कोशी सरकारको आह्वान

विराटनगर – कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको

क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी, कुन पदमा को ? (सूचीसहित)

काठमाडौं – नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष

श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने अुनमान

श्रीलङ्का – श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन्

आजका समाचार : उत्कर्षमा पाथीभरा केबलकारको विवाद, अमेरिकामा धमाधम पक्राउ पर्दै अवैध आप्रवासी

लोकतन्त्रका नाममा देशलाई विभाजित गर्न दिँदैनौँप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका