अर्थसंक्षेप : सर्वोच्चको फैसलाले विद्युत आयोजना प्रभावित हुने इप्पानको भनाइ, नेप्सेमा दोहोरो अंकको गिरावट « Khabarhub

अर्थसंक्षेप : सर्वोच्चको फैसलाले विद्युत आयोजना प्रभावित हुने इप्पानको भनाइ, नेप्सेमा दोहोरो अंकको गिरावट


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेप्से परिचसूचक दोहोरो अंकले घटेको छ । सर्वोच्चको फैसलाले १९ हजार मेगावाटका आयोजना प्रभावित हुने इप्पानले जनाएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका छन् । प्राधिकरणले विद्युत महसुल नतिर्नेको लाइन काट्ने काम गरेको छ ।

आजका आर्थिक समाचार :

सर्वोच्चको फैसलाले १९ हजार मेगावाट आयोजना प्रभावित हुन्छ : इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सर्वोच्च अदालतले गरेको फैसलामा असन्तुष्ट देखिएको छ । सर्वोच्चले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को (दफा ५ र दफा ६ मा भएको संशोधन) खारेजी गरेको प्रति इप्पानले आइतबार पत्रकार सम्मेलन गरेर असन्तुष्टि पोखेको हो ।

सर्वोच्चले राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षलगायतका संरक्षित क्षेत्रमा विकास निर्माणका आयोजना सञ्चालन गर्न पाइने गरी भएको कानुन संशोधनलाई खारेज गरेको थियो ।

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेको छ । तर, आइतबार नेप्सेमा ९ अर्ब १२ करोड ८६ लाख माथिको शेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा आएको गिरावटसँगै नेप्से परिसूचक २६४४३.९३ अंकमा पुगेको छ । साथै कारोबारमा आएको गिरावटका कारण नेप्सेको पुँजीकरण समेत ०.३९ अंकले घटेको छ ।

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका छन् ।

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आए पनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी काम गर्न जरुरी रहेको बताएका हुन् ।

विद्युत् महसुल नतिर्ने ग्राहकका लाइन काटिए

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार तीन सय ६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरूको लाइन गत साउनयता काटिएको हो ।

कार्यालयका प्रमुख ई रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरूको लाइन काटिएको हो ।

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

शहीद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरु गरिएको छ । गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

‘विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा खाजा खान पाउने मात्र नभएर उनीहरूको सीप विकासका लागि पनि मद्दत पुग्ने विश्वास लिइएको छ’, उनले भने ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : ०१ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न  सरकारलाई आग्रह

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण