कोशी प्रदेशसभाः अध्यादेश सर्वसम्मतले पारित « Khabarhub

कोशी प्रदेशसभाः अध्यादेश सर्वसम्मतले पारित


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यसका साथै मन्त्री भण्डारीले सदनमा विभित्र समयमा उठेका विषयमा धारणा राखेका थिए । उनले प्रदेश सरकारले प्रहरी समायोजनका विषयमा सङ्घीय सरकारसँग पहल गरिरहेको बताए । शनिबार ताप्लेजुङको बल्लुमा भएको घटनामा २० जना सुरक्षाकर्मी घाइते भएका जानकारी दिए ।

“प्रहरीमाथि आक्रमण हुनसक्ने जानकारी पाएको प्रहरीले सुरक्षा सतर्कता अपनाउँदा पनि आवश्यक जाँचका क्रममा आक्रमण भयो । त्यस क्रममा २० जना घाइते भए । सातजना अहिले पनि उपचारकै क्रममा छन् ।पाथीभरा र मुकलुङ क्षेत्रमा केवलकार निर्माण हुनुपर्ने र हुनुहुँदैन भन्ने पक्षबीचको तनावले सो घटना भएको हो । सरकारले विकास निर्माणमा अवरोध गर्नु देशलाई पछाडि धकेल्नु हो भन्ने मान्यतासहित वार्ताबाट समस्या समाधान गर्न चाहेको छ”, उनले भने ।

बैठकमा उद्योग, कृषि सहकारीमन्त्री खगेनसिं हाङ्गामले ‘प्रदेश बीउबिजनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक’ विचार गरियोस् भनी पेस गरेका प्रस्तावसमेत सर्वसम्मतले पारित भई त्यसमाथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

सैद्धान्तिक छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै बालीनालीमा लाग्ने रोग र कीराको पहिचान गरी विषादी प्रयोग गर्न विधेयकले मद्दत गर्ने बताए । उनले विधेयकले विषादीको आयात, बिक्री–वितरण, प्रयोग, भण्डारण, नवीकरणजस्ता विषयलाई व्यवस्थित गर्नाका साथै नियमन गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य कमल दर्नाल, रामदेव यादव, छविलाल चुडाल र गोपाल तामाङले यो विधेयकको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनीहरूले स्वदेशमै गुणस्तरीय बीउ उत्पादन गर्न, किसानलाई उत्रत जातका बीउ उपलब्ध गराउन, बीउको भण्डारण, प्रशोधन र बिक्री वितरण गर्न पनि सहयोग पुग्ने आशा राखे ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : ४५ बजे

ओली र लेखकलाई १० दिन हिरासतमा राख्न सरकारी वकिलको माग

काठमाडौं- शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब

कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्धता र इमानदार भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र

रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा शनिबार र आइतबार भएका छुट्टाछुट्टै सडक