भारतीय दूतावासले मनायो ७६औं गणतन्त्र दिवस « Khabarhub

भारतीय दूतावासले मनायो ७६औं गणतन्त्र दिवस


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासले ७६ औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । आइतबार दूतावासले विभिन्न कार्यक्रमको आयोजना गरि ७६ औं गणतन्त्र दिवस मनाएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले लैनचौरस्थित् दूतावास परिसरमा आयोजित समारोहमा भारतको राष्ट्रिय झन्डोत्तोलन गरेर कार्यात्रमको शुभारम्भ गरेका थिए ।

उनले नेपालमा रहेका प्रवासी भारतीयलाई पनि सम्बोधन गरेका थिए । राजदूतावासपरिसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। । कार्यक्रममा भारतीय समुदायका सदस्यहरूको ठूलो संख्यामा उपस्थिति थियो।

.राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड नेपाली रुपैयाँ वितरण गरी सम्मान गरेका छन् ।

यसका साथै, भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई २३. २९ करोड रकम पनि वितरण गरिएको छ। राजदूतले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गरेका छन् ।

दिवसका अवसरमा दूतावासले नेपालका ६ वटा प्रदेशमा फैलिएका २९ वटा शैक्षिक संस्थाहरुलाई पुस्तकहरु प्रदान गरेको छ । कार्यक्रममा भारत–नेपाल सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ०५ बजे

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन

मतदान सुस्त भएपछि लाइनमा जानुअघि एमालेका प्रतिनिधिलाई दिन थालियो मतदाता शिक्षा

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

बालेनको र्‍याप समावेश फिल्म ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुला

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बानेन्द्र शाह ‘बालेन’को र्‍याप गीत

प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन

अहिलेकै गतिमा चलिरहे बिहीबार दिउँसो मात्रै सकिने छ एमालेमा मतदान

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका