बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव « Khabarhub

बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बंगलादेश– बङ्गलादेशमा नेपाली सेना दिवस एवं साहित्यिक महोत्सव आयोजना गरिएको छ । ढाकास्थित नेपाली दूतावासमा दुवै कार्यक्रम आयोजना गरिएका हुन् ।

नेपाली सेनाको २६२औँ स्थापना दिवसको अवसरमा दूतावास परिसरमा आयोजित स्वागत समारोहमा बङ्गलादेशका लागि नेपालका राजदूत  घनश्याम भण्डारीले सेना दिवसबाट नेपाल र नेपाली जनताप्रति नेपाली सेनाको अटल समर्पण, वफादार र सेवा झल्कने बताए ।

उनले नेपाल र बङ्गलादेशबीचको सैन्य सहयोगलाई उजागर गर्दै त्यसबाट मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न योगदान पुग्ने विश्वास व्यक्त गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दूतावासका सैन्य सहचारी महासेनानी अञ्जनकेशर खत्रीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षामा नेपाली सेनाको भूमिकाबारे चर्चा गर्र्दै नेपालको सामाजिक, आर्थिक विकासमा नेपाली सेनाको योगदानका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा  अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपाली सेनाले निर्वाह गरेको योगदानबारे जानकारी गराए ।

दूतावासका अनुसार समारोहका प्रमुख अतिथि, बङ्गलादेशका प्रधानसेनापति जनरल वाकर–उज–जमानले नेपाल र बङ्गलादेशका सशस्त्र बलबीचको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा गरेका थिए ।

यसैबीच, दूतावासले मङ्गलबार दिउँसो बङ्गलादेश–नेपालमैत्री समाजसँगको सहकार्यमा साहित्यिक समारोह पनि आयोजना गरेको थियो ।

त्यस अवसरमा नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक तथा भाषिक समानताका विविध पक्षलाई उजागर गर्दै स्रष्टाले आफ्ना रचना वाचन गरेका थिए ।

राजदूत भण्डारीले नेपाल र बङ्गलादेशबीचको सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको सम्पर्कलाई साहित्यिक आदानप्रदानका कार्यक्रमले अझ सुदृढ बनाउन सहयोग गर्ने बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ०३ बजे

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको